April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
धोका दिनेलाई सम्झँदै गीत गाए शिवकुमारले

धोका दिनेलाई सम्झँदै गीत गाए शिवकुमारले

विजयपुर / कोरोना महामारी र त्यसले निम्त्याएको लकडाउनको आफ्नै पीडा छ । यसको प्रभावबाट कोही अछुतो रहन सकेका छैनन् । यस्तो विषम परिस्थितिमा पनि कला, साहित्य र सङगीतमा रहनेहरूले आफ्नो सक्रियता जारी राखेका छन् ।


उदयीमान गायक शिवकमार सम्बाहाम्फे पनि आफू स्थापित हुन सङघर्षरत छन् । पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका दोस्रो विजेताको उपाधि हासिल गरेपछि उनको व्यस्तता केही बढेको छ । याक्थुङ लिम्बु भाषामा पाःलाम, हाक्पारे र अन्य गीतहरू रेकर्ड गराउन धरानदेखि राजधानी धाइरहेका छन् । करिब हप्ता दिनअघि मात्रै उनले आफ्नै एकल सङ्गीत, रचना र स्वरमा रहेको ‘आखिरीमा धोका दियौ’ गीत सार्वजनिक गरे ।

Advertisement


‘आखिरीमा धोका दिई छोड्यौ बाटैमा
जति भुल्न खोजे पनि झुल्क्यो आँखैमा’


उमेरको हिसाबले उनी तरुण अवस्थामा छन् । प्रेम गरेको अुनभव अहिलेसम्म हासिल नगरेको बताउने तेह्रथुमे गायक सम्बाम्फेले प्रेम र वियोगका विषयहरू बोकेको गीत दर्शकको रोजाइमा पर्ने हुनाले गाएको प्रष्ट पारे । ‘भावना डुबाउने गीत भनेकै प्रेम विछोडका गानाहरू हुँदा रहेछन्,’ सिलौटीसँग कुरा गर्दै भने, ‘र, सबै विधाका गीतमा आफूलाई परीक्षण गर्न पनि गाएको हूँ ।’ सम्बाहाम्फे धरानमा रहेर सङ्गीतकोे कक्षा पनि लिइरहेका छन् । उनका केही गीतहरू रेकर्ड हुने तरखरमा पनि छ । विशेषगरी, याक्थुङ लिम्बु भाषाका गीतहरूमा उनलाई श्रोताहरूले औधी रुचाइरहेका छन् ।


आखिरीमा धोका दियौ गीतको रेकर्ड स्टुडियो किङमा गरिएको छ । यसको एरेञ्ज मनोज साङसोन राईले गरेका छन् । गीतलाई मूर्त रूप दिन कल्पना सम्बाहाम्फे, सोम कुमार सम्बाहाम्फे, ग्रेस सम्बाहाम्फे, तुलसा लिम्बु, विजयप्रकाश सम्बाहाम्फे, रेश्मा मगर, डिल्ली फोम्वो, कुमार सम्बाहाम्फेलगायतले सहयोग गरेको गायकले बताए ।