May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकार महासंघ यूकेमा आयो विवाद

पत्रकार महासंघ यूकेमा आयो विवाद

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी निर्वाचनको विषयमा विवाद उत्पन्न भएको छ । निर्वाचन नजिकिएसँगै महासंघले महासंघको गते मे महिनामा बसेको पूर्ण कार्य समितिको बैठकको निर्णय विपरित निर्वाचन समितिले कार्यक्षेत्र भन्दा बाहिर गएर निर्वाचन नियमावली जारी गरेको भन्दै सो कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।


महासंघले एक विज्ञप्ती सार्वजनिक गर्दै तदर्थ समिति वनिसकेको महासंघ यूके शाखाका अध्यक्ष नरेशखपाङ्गी मगरको प्रभावमा एकपक्षीय ढङ्गले निर्वाचन समितिले क्षेत्राधिकार नाघेर काम सुरु गरेको आरोप लगाएको छ । जारी विज्ञप्तिमा भनिएको छ ‘बैठकको म्यान्डेट विपरित शाखाको पाँचौँ अधिवेशनका निर्वाचन कार्यक्रम समेत अध्यक्ष मगरको एकल सहमतिमा महासचिव सञ्जयभकक्त कँडेललाई समेत थाहा नदिई प्रकाशित गर्नुले अधिवेशन निष्पक्ष हुनेमा आशंका जन्मिएको छ’ ।

Advertisement


उता महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरले भने विज्ञप्ति जारी भएको बारे आफूलाई पूर्ण रूपमा जानकारी नभएको बताए । ‘विज्ञप्तिबारे मलाई आधिकारिक रूपमा थाहा छैन । विज्ञप्ति व्यक्तिगत हो या संस्थागत कुन हैसियतमा जारी भएकोबारे थाहा पाएपछि मात्रै केही भन्न सकिन्छ,’ उनले भने । अध्यक्ष खपाङ्गीले महासङ्घको पाँचौ संशोधित विधान २०७५ को धारा ३५ र वैदेशिक शाखा सम्बन्धी नियमावली २०७० को अधिनमा रहेर निर्वाचन समिति गठन गरिएको दाबी गरे ।


महासचिव सञ्जयभक्त कँडेलद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा समितिको बैठकले सर्वसम्मत रुपमा जुन महिनामा अधिवेशन गर्ने र नयाँ कार्य समिति चयन गर्ने निर्णय गरे पनि उक्त निर्णय विपरित षडयन्त्रपूर्वक निर्वाचन प्रमुख आयुक्तले विधानमै नभएको अधिकार सहितको नियमावली जारी गरेको उल्लेख गरिएको छ ।
साथै विज्ञप्तिमार्फत महासंघ यूकेको २ कार्यकाल पुरा गरि बाहिरिन लागेका अध्यक्षले महासंघको निर्णय विपरित विभिन्न समाजसेवी र संचारकर्मीलाई सम्मान तथा पुरस्कार वितणर गर्ने कार्य गर्दै आएको आरोप लगाउदै महासंघको अनुरोधलाई अस्विकार गर्ने व्यक्तिहरुले यो विवादको परिणामको भागीदार स्वमय् हुनु पर्ने जनाएको छ ।
विज्ञप्ती मार्फत महासंघलघले महासंघमा भइरहेको पछिल्लो निर्णय विपरितका क्रियाकलाप रोक्न विश्वव्यापी निर्वाचन मान्यता विपरित राखिएको निर्वाचन समितिको अधिकार हटाउन महासंघका केन्द्रीय अध्यक्ष लगायतका पदाधिकारीहरुलाई समेत जानकारी गराइसकेको जनाएको छ ।


नेपाल पत्रकार महासङ्घ यूकेको आगामी पाँचौ अधिवेशन जून १३ मा हुँदैछ । निर्वाचन कार्यक्रम मे २५ तारिखबाट सुरु हुने अध्यक्ष खपाङ्गीले जनाए । सदस्यता शुद्धीकरण समितिले ४३ जना पत्रकारको नामहरू पारित गरेको छ । नेपाल पत्रकार महासङ्घ यूकेको स्थापना सन् २०११ मा भएको थियो ।