May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको सदस्यता अभियान तीव्र बनाउँदैे अध्यक्षका प्रत्यासी प्रेम गाहामगर

एनआरएनए यूकेको सदस्यता अभियान तीव्र बनाउँदैे अध्यक्षका प्रत्यासी प्रेम गाहामगर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष पदका प्रत्यासी प्रेम गाहामगरले सदस्यता अभियानलाई तीव्र पारेका छन् । सन् २०२१–२०२३ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका गाहा मगरले बेलायतका विभिन्न १५ स्थानबाट सदस्यता अभियान सञ्चालन गरेका हुन् ।


उनले नेपाली समुदायको बाक्लो बसोबास रहेको अल्डरशटमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । अन्य स्थानमा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेका छन् । राजधानी लन्डनसहित चार वटै राज्य परिषद्लाई समन्वय गर्ने गरी सदस्यता अभियान सञ्चालन गरिएको उनले बताए । पहिलो चरणमा अल्डरशटमा सम्पर्क कार्यालय स्थापना गरिएको र प्रतिबद्ध स्वयम्सेवकहरुले सदस्यता दर्तामा सहयोग गरिरहेको उनले जानकारी दिए ।

Advertisement

दुई वर्षका लागि कार्यालय

भूतपूर्व गोर्खा सैनिकहरुको न्याय र समानताका साथै नेपाली नागरिकताको निरन्तरता र नेपालमा रहेको सम्पत्ति सुरक्षा लगायतका विभिन्न छ वटा एजेण्डासहित नेतृत्वको दौडमा उपाध्यक्ष गाहा मगर अध्यक्ष पदका लागि होमिएका छन् । उनले ह्याम्पसायर, अल्डरसटमा रहेको सम्पर्क कार्यालया आगामी दुई वर्षसम्म रहने बताए । कार्यालयमा

एनआरएन युके इंगल्याण्ड राज्य परिषदका उपाध्यक्ष रबिन (एलबीजेड) गुरुङ, सन्तोष राई, अनिल मल्ल, चेत राना, रुद्र थापा, सुमन पुन स्वयंसेवकका रुपमा रहेका छन् । ‘यो कार्यालय चुनावका लागि मात्रै होइन’, गाहा मगरले भने ‘म चुनावमा जिते पनि, हारेपनि यो कार्यालय कम्तीमा दुई वर्षसम्म रहन्छ र मैले नेपाली समुदायलाई यो कार्यालयबाट सेवा प्रदान गर्ने छु ।’


आफू अध्यक्षमा निर्वाचित भए एनआरएनएको कार्यालयसँगै अल्डरसटको कार्यालयबाट पनि सेवा दिने उनले स्पष्ट पारे । पराजित भएपनि आगामी दुई वर्ष बेलायतवासी नेपाली समुदायको हितमा नै आफूले काम गर्ने उनले बताए । ‘जिते पनि हारे पनि अबको दुई वर्ष पूर्ण रुपमा नेपाली समुदायको हित र सेवामा नै बिताउँछु,’ उनले भने ‘आगामी दुई वर्ष पूर्ण रुपमा समाजसेवामा नै बिताउने छु ।’

सदस्यता अभियान तीव्र
नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई ३१ तारिखमा निर्वाचन हुँदैछ । आगामी जुन १० भित्र संघले तोेकेको एमआइएस सिस्टममा दर्ता भएका सदस्यहरुले मात्रै नेतृत्व चयन प्रक्रियामा सहभागी हुन पाउने छन् । त्यसपछि पनि सदस्यता लिन सक्ने भएपनि उनीहरुले नेतृत्व चयन प्रक्रियामा भने सहभागी हुन पाउने छैनन् । जुन १० भित्रै सबै योग्यता पुगेका नेपालीहरुलाई सदस्यता दिलाउने र एनआरएन अभियानमा सहभागी गराउने प्रेम गाहा मगरको योजना रहेको छ ।

त्यसका लागि विभिन्न पन्ध्र वटा स्वयम्सेवक समूह परिचालन गरिएको सदस्यता अभियानको नेतृत्व गरिरहेका एनआरएन अभियन्ता शेर सुनारले जानकारी दिए । ‘हामीले छुट्टा छुट्टै समूह बनाएर सदस्यता दर्ता प्रक्रियामा सहजीकरण गरिरहेका छौं,’ उनले भने, ‘तोकिएको मिति भित्रै अधिकतम नेपालीहरुलाई एनआरएन अभियानमा सहभागी गराउने छौं’ । सदस्यता अभियान सञ्चालन गरिरहँदा बेलायतमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँग पनि समन्वय र सहकार्य गरिएको उनले जानकारी दिए ।

नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई ३१ तारिखमा निर्वाचन हुँदैछ ।आगामी जुन १० भित्र संघले तोेकेको एमआइएस सिस्टममा दर्ता भएका सदस्यहरुले मात्रै नेतृत्व चयन प्रक्रियामा सहभागी हुन पाउने छन् । त्यसपछि पनि सदस्यता लिन सक्ने भएपनि उनीहरुले नेतृत्व चयन प्रक्रियामा भने सहभागी हुन पाउने छैनन् । जुन १० भित्रै सबै योग्यता पुगेका नेपालीहरुलाई सदस्यता दिलाउने र एनआरएन अभियानमा सहभागी गराउने प्रेम गाहा मगरको योजना रहेको छ ।

त्यसका लागि विभिन्न पन्ध्र वटा स्वयम्सेवक समूह परिचालन गरिएको सदस्यता अभियानको नेतृत्व गरिरहेका एनआरएन अभियन्ता शेर सुनारले जानकारी दिए । ‘हामीले छुट्टा छुट्टै समूह बनाएर सदस्यता दर्ता प्रक्रियामा सहजीकरण गरिरहेका छौं,’ उनले भने, ‘तोकिएको मिति भित्रै अधिकतम नेपालीहरुलाई एनआरएन अभियानमा सहभागी गराउने छौं’ । सदस्यता अभियान सञ्चालन गरिरहँदा बेलायतमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँग पनि समन्वय र सहकार्य गरिएको उनले जानकारी दिए ।

एनआरएनसँगै सामाजिक संघ संस्थाहरुको साथ र सहयोगमा मात्रै सदस्यता दर्ता अभियान सफल र प्रभावकारी हुने उनको भनाइ छ । सुनार यसअघिको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए । निर्वाचनमा पराजित घोषणा गरीए पनि उनी एनआरएन अभियानमा भने सक्रिय छन् । आगामी कार्यकालको नेतृत्वका लागि सुनारले गाहा मगरलाई समर्थन गरेका छन् ।