April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रहेनन् नेपालका अग्रज इसाई नेता पाष्टर रोबर्ट कार्थक

रहेनन् नेपालका अग्रज इसाई नेता पाष्टर रोबर्ट कार्थक

काठमाडौँ । नेपाली इसाई समुदायका एक सर्वोच्च नेता पाष्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन भएको छ । नेपाल इसाई धर्मको प्रणेता मानिएका कार्थकको सोमबार बिहान निधन भएको थियो ।


कालिम्पोङमा सन् १९२६ मा जन्मिएका नेपाल र भारतको पूर्वी राज्यहरूमा क्रिश्चियन मिसन सञ्चालन गर्ने एक महत्वपूर्ण अगुवा मानिन्छन् । उनले सन् १९५६ यता राजधानी काठमाडौँमा चर्चहरूको स्थापना गर्नमा पनि सक्रिय भूमिका खेलेका थिए । अहिले नेपालमा करिब १०,००० क्याथलिक चर्चहरू रहेको अनुमान गरिन्छ । सन् २०११ को राष्ट्रिय जनगणनाअनुुसार नेपालमा पाँचौ ठूलो धर्मको रूपमा इसाई धर्म रहेको छ । यो कुल जनसंख्याको १.४१ प्रतिशत रहेको छ ।

Advertisement


कार्थकको निधनले नेपाली इसाई समुदायले एक सर्वोच्च नेता गुमाएको युनाइटेड मिसन नेपालले जनाएको छ । ‘कार्थकको निधनले एक सच्चा नेता गुमाएको छ,’ मिसनका कार्यकारी निर्देशक जो हाफ्भेन्स्टाइनले भने, ‘उनको सक्रियता र मिसनसँगको नाता ६५ वर्ष पुरानो छ ।’