May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

एनआरएनए यूकेको सदस्यता विस्तार गर्न उपाध्यक्ष रोजिना पिटरबरोमा

लन्डन । गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष रोजिना प्रधान राईले सदस्यता वितरणलाई तीव्रता दिएकी छन् ।

उनले गैरआवसीय नेपाली संघ यूकेको सदस्यता वितरणलाई तीव्रता दिने क्रममा विहीबार पिटरबरोस्थित नेपाली समुदायका अगुवाहरूसँग छलफल गरिन् । छलफलमा सहभागीहरूले संघको सदस्यता वितरण र संघको अभियानका बारेमा उत्साह र चासोका साथ राईसँग अन्तरक्रिया गरेका थिए ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै राईले पिटरबरो नेपाली समाजले गैरआवासीय नेपाली संघको अभियानमा विगतमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले आगामी दिनमा पनि सोही साथ, समर्थन र थप भूमिकाको अपेक्षा रहेको बताइन् ।
उनले आगामी जुन १० तारिखभित्र गैरआवासीय नेपाली संघ यूकेको सदस्य बनी आगामी जुलाई ३१ तारिखमा हुने निर्वाचनमा आफ्नो प्रतिनिधिसहित सशक्त उम्मेदवारलाई विजयी गराउने अभियानमा सामेल हुन आवहन गरिन् ।