April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इजरायल–प्यालेस्टाइनमा युद्धविराम

इजरायल–प्यालेस्टाइनमा युद्धविराम

जेरुसलम । इजरायल र प्यायलेस्टाइनका हमास विद्रोहीबीच युद्धविराम भएको छ । पछिल्लो समयमा विश्वभरका नेताहरूबाट तत्काल हिंसा अन्त्यका लागि दबाब आएपछि दुवै पक्षले युद्धविराम घोषणा गरेका हुन् ।


शुक्रबार स्थानीय समयअनुसार रातको दुई बजेदेखि युद्धविराम घोषणा गरिएको इजरायली रक्षा मन्त्रालयले पुष्टि गरेको छ । युद्धको अन्त्य गर्न विशेषगरी छिमेकी अरेबियन मुलुक इजिप्टले हमास विद्रोही र इजरायली पक्षलाई निरन्तर कूटनीतिक दबाब दिइरहेका थिए । यसमा अमेरिकी राष्ट्रपतिदेखि संयुक्त राष्ट्र सङ्घले पनि पहल गरिरहेको थिए ।

Advertisement


मुस्लिम, यहुदी र इसाई धर्मावलम्बीहरूको अत्यन्तै महत्वपूर्ण पवित्र स्थल मानिने जेरुसलममा रहेको अल अस्का मस्जिद आसपास पछिल्लो रमदानका समयमा तनाव बढेको थियो । जसका कारण हिंसात्मक गतिविधि सुरु भएको थियो । हमास विद्रोहीहरूले इजरायलतर्फ रकेटहरू प्रहार गरेका थिए । त्यस्तै, इजरायली सेनाले निरन्तर प्यालेस्टाइनी वस्तीहरूमा हवाई आक्रमण गरेका थिए । युद्धबाट २५७ बढीको मृत्यु भएको छ । करिब ५७ हजार बढी विस्थापित भएको संंयुक्त राष्ट्र संघले उल्लेख गरेको छ ।