March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
छाेरा-छाेरी र आमा सहित तीनजनाले गरे सामुहिक आत्महत्या

छाेरा-छाेरी र आमा सहित तीनजनाले गरे सामुहिक आत्महत्या

प्युठान – प्युठानमा एक महिलाले अन्दाजी २ वर्षकाे छाेरा अन्दाजी ५ वर्षकाे छाेरि सहित सामुहिक आत्महत्या गरेकि छिन् ।प्युठान नगरपालिका-२ चितिखाेलाकि अन्दाजी २६ वर्षकि एक महिला हिजाे साँझ घरबाट माइत जान्छु भनि हिडेकाे निजको परिवारले बताएको छ ।आत्महत्या गर्ने ती महिलाको सबै पहिचान खुलेको छ ।

स्वर्गद्वारी नगरपालिका-८ हदचाैर माइत भएकि झण्डै २ वर्षकाे छाेरा सुजन, ५ वर्षकाे छाेरि प्रकृति सहित प्युठान नगरपालिका-१ चरनेटा नजिक जंगलमा सामुहिक आत्महत्या गरेकी हुन् । उनकाे श्रीमान राेजगारीकाे शिलशिलामा भारतमा रहेका छन् । घटनाकाे विषयमा छानविन तथा अनुसन्धान जारी रहेकाे प्युठान प्रहरिले जनाएको छ।

Advertisement