April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इङ्ग्ल्याण्ड राज्य समन्वय परिषद यूकेको अध्यक्षका प्रत्यासी गुरुङले गरे अपिल

इङ्ग्ल्याण्ड राज्य समन्वय परिषद यूकेको अध्यक्षका प्रत्यासी गुरुङले गरे अपिल

लण्डन । एनआरएनए इङ्ग्ल्याण्ड राज्य समन्वय परिषद यूकेको अध्यक्ष पदका उम्मेदवार लालबहादुर गुरुङले निर्वाचनमा सहयोग गर्न सबैलाई अपिल गर्नु भएको छ ।


एनआरएन युकेमा एक कार्यकाल युवा संयोजक र इङ्ग्ल्याण्डराज्य समन्वय परिषदको उपाध्यक्ष समेत रहेका अध्यक्ष पदका उम्मेदवार गुरुङले एक अपिल सार्वजनिक गर्दै परिषदको अध्यक्ष पदमा निर्वाचित हुने विषयमा आफू विस्वस्त रहेको बताएका छन् ।

Advertisement


गुरुङले अपिल गर्दै भनेका छन्, ‘जिम्मेवारी अनुसार आफ्नो भूमिका सके सम्म निर्वाह गरेको छु । सबैको साथ, सहयोग र समन्वयमा एनआरएन युकेको भूमिकालाई अझ फराकिलो र थोरै भए पनि उचाई बढाउन मेरो क्रियाशिलता रहेको महसुस गरेको छु । यो अवसर प्रदान गरिदिनु हुन सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’


साथै गुरुङले सबै जनाको साथ, सहयोग र प्रेरणाअनुसार नै एनआरएनए युकेको इङ्ग्ल्याण्ड राज्य परिषदको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताउदै मेरो यात्रा इङ्ग्ल्याण्ड राज्य परिषदको गरिमालाई उचाइमा पु¥याउनु र साझा समस्या र एजेण्डाको उठान गर्ने रहेको बताए ।


उनले भने ‘अहिलेसम्म सामाजिक संघसंस्थामा गरेको अनुभव एनआरएनएको हितमा लगाउने छु । सत्य, न्यायका पक्षमा बोल्ने छु । व्यक्ति, गुट र राजनीतिबाट माथि उठेर सामूहिक सहकार्यमा संस्थागत हितका लागि सधै काम गर्नेछु’ ।