April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ओलीको कदम सैवैधानिक ‘कू’ – नेपाली समाज

ओलीको कदम सैवैधानिक ‘कू’ – नेपाली समाज

लन्डन । जनता समाजवादी पार्टीनिकट प्रवास विशेष प्रदेश समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई संवैधानिक ‘कू’ को संज्ञा दिएको छ । गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सत्ता कू गरेको समितिले आरोप लगाएको छ ।


मंगलबार २० मुलुकमा रहेको नेपाली समाजको प्रतिनिधिमूलक राजनीतिक संरचनाका रुपमा रहेको प्रवास विशेष प्रदेश समितिका अध्यक्ष धन गुरूङ र मुख्यसचिव विश्वासदीप तिगेलाले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रप्रमुख र सरकारप्रमुखको कदम असंवैधानिक भएको उल्लेख गरेका छन् ।

Advertisement

‘मन्त्री परिषदको सिफारिसमा गत ८ जेठ २०७८ का दिन राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संघीय संसद विघटन गरि आगामी कार्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोक्नु न्याय संगत छैन । संविधानको धारा ३ अन्तर्गत रहेको प्रधानमन्त्रीले संविधानको धारा ७६ को ५ अन्तर्गतको प्रमको अधिकार प्रयोग गर्नु असंवैधानिक हो । संसद र जनता प्रति अपराध गर्नु हो,’ विज्ञप्तिमा भनिएको छ ।

समाजले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि न्यायपालिकालाई उचित कदम चाल्न समेत आग्रह गरेको छ । । ‘बहूदलिय प्रजातान्त्रिक मुलुकमा चुनाव अपरिहार्य हो तर हालको आवश्यकता र संवैधानिक ब्यवस्था बमोजिम घोषित चुनाव असंवैधानिक छ र १४९ सांसदहरुको गठबन्धनले सरकार संचालन गर्न सक्ने भएकोले अविलम्ब न्यायपालिकाबाट फैसलाहोस भन्ने जोडदार माग गर्दछौ,’ समाजले भनेको छ ।