May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
शिवजी श्रेष्ठद्वारा जन्मथलोको गुठीलाइ मेडिकल सामग्री प्रदान

शिवजी श्रेष्ठद्वारा जन्मथलोको गुठीलाइ मेडिकल सामग्री प्रदान

काठमाडौँ । अहिले नेपालमा बढ्दो कोरोनाको महामारीमा अक्सिजन लगायत अन्य मेडिकल सामग्रीको माग बढ्दै गएको छ । देशको राजधानी काठमाडौँका अस्पतालमा नै यस्ता मेडिकल सामग्रीको अभाव देखिइरहेको अवस्थामा अन्य दुर्गम जिल्लाहरुको अवस्था स्वतः अनुमान गर्न सकिन्छ । सोही कुरालाई ध्यानमा राख्दै देश परदेशबाट आफ्नो जन्मथलोमा मेडिकल सामग्री पठाउने अभियान नै चलेको छ ।


सोही सिलसिलामा बेलायतमा बसोबासरत शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले आफ्नो जन्मथलो ओखलढुंगामा १० थान पीपीई फुल सेट र १००० थान मास्क पठाएका छ । सो सामग्री ओखलढुंगा पारस्परिक गुठीको प्रयोजनको लागि श्रेष्ठको तर्फबाट उहाँका भाई केन्द्र श्रेष्ठले गुठीका का.वा. अध्यक्ष जनक श्रेष्ठ तथा कोषाध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । श्रेष्ठ दम्पतीले पठाएको पुनः प्रयोग गर्न मिल्ने सो १० थान पीपीइ गुठीमा कोही बिरामी भएमा अस्पताल लैजान वा बिरामीसँग सम्पर्कमा आउनु पर्ने अवस्थामा प्रयोग गरिने कुरा बताए ।

Advertisement


ओखलढुंगाको सदरमुकाम सिद्धिचरण नगरपालिका वडा न ११ मा कोरोना संक्रमितको संख्या बढ्नुका साथै निषेधाज्ञामा पनि बाहिरबाट आउने मानिसहरुको चहल पहल रहेकोले यसबाट स्थानीयहरुलाई सुरक्षित राख्न र बाहिर बाट मास्क नलगाई आउने व्यक्तिहरुलाई वितरण गर्दै निजहरुको अभिलेख राख्ने कुरा गुठीका कावा अध्यक्ष जनक श्रेष्ठले बताए । सोही अवसरमा कोषाध्यक्ष श्रेष्ठले विदेशमा रहेर पनि आफ्नो जन्मथलोको लागि यसरी चिन्तित रहेर मेडिकल सामग्री पठाएकोमा दाता शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठप्रति आभार व्यक्त गरे । सो सामग्री पठाउन अघि शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले स्थानीय गुठीका पदाधिकारी र सदस्यहरुसंग भर्चुयल माध्यमबाट अन्तरक्रिया गरेका थिए भने बेलायतको अस्पतालमा कोरोना वार्डमा नै नर्सको रुपमा प्राप्त गरेको अनुभव उर्मिला श्रेष्ठले गुठीका पदाधिकारी र सदस्यहरुबीचमा आफ्ना अनुभव साट्दै सकेसम्म अनुशासित जीवन बिताउन र संक्रमण फैलन नदिन घरमा नै आइसोलेसनमा बस्न सुझाए ।