April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

लन्डन । कोभिड–१९ विरुद्धको लागि जेन्स्सेनले बनाएको खोपलाई यूकेका स्वास्थ्य अधिकृतहरूले मान्यता दिएको छ । जेन्स्सेनले बनाएको खोपसँगै यूकेले प्रयोग गर्नका लागि अनुमति दिएको यो चौथो खोप हो ।
जेन्स्सेनले बनाएको खोप परीक्षण अवधिमा रोगसँग लड्न ८५ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । यूके सरकारले करिब दुई करोड डोज माग गरेको र ती यसै वर्ष आइपुग्ने बताइएको छ । हाल यूकेमा करिब तीन करोड ८० लाखले पहिलो खोप लाइसकेका छन् । पछिल्लो खोपलाई केयर होमका वासिन्दालाई दिन सकिने मेडिकल अधिकृतहरूले सङ्केत गरेका छन् । खोपलाई सहजै चिसो ठाउँमा भण्डारन र ओसारपसार गर्न सकिने बताइएको छ ।
‘जेन्स्सेन खोप महामारीलाई परास्त गर्ने हाम्रो अर्को हतियार हो,’ खोप परिचालन मन्त्री नदिम जहावीले भने । उनले खोपका लागि योग्य भएका सबै नागरिकहरूलाई अगाडि सरेर भ्याक्सिन कार्यक्रममा सहभागी हुन आग्रह गरे । यूकेले यसअघि अक्सफोर्ड एस्ट्रेजेन्का, फाइजर र जोन्सन जोन्सन खोप प्रयोगमा ल्याइसकेको छ । अन्य पनि परीक्षण अवधिमा छन् ।

Advertisement