April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

लन्डन । गैर–आवासीय नेपाली संघ(एनआरएनए)यूकेको आसन्न निर्वाचनमा तीर्थकुमार थापा (ब्रुस)ले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । युवा पुस्ताको साथ र अग्रजहरुके सम्मान गर्न उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको थापाले बताए ।

उनी नेपालमा पुख्र्यौली घर पाल्पाको बर्मु गाँउ भई बुटवल सुख्खानगरका बासिन्दा हुँदै सन् २००७ देखि बेलायतको लण्डनस्थित प्लमस्टेडमा बसोवास गर्दै आएका छन् । बेलायतवासी नेपाली समुदाय र विशेष गरी युवा पुस्तामाझ थापा बु्रसका नामले चर्चित छन् । बेलायत प्रवेश हुनुपूर्व उनी हङकङमा थिए । हङकङमा रहँदा नेपाली समुदायको पक्षमा काम गरेका उनले बेलायतमा पनि सो अभियान जारी राखेका छन् । हङकङमा उनी लुम्बिनी मञ्चमा आबद्ध भई तीन वर्ष बढी समय काम गरेका थिए । उनी जमघट परिवार यूकेका संस्थापक अध्यक्ष हुन् । त्यस्तै उनी मगर समाज युकेको साउथ इस्ट रिजनल सदस्य रहेका नेप्लिज युथ युकेका उपाध्यक्ष रहेका छन् ।

Advertisement

उपाध्यक्षका उम्मेदवार थापा

कोभिड १९ महामारीमा पनि बेलायतस्थित नेपाली समुदायको सेवासँगै मातृभूमि नेपालमा सहयोग पठाउन पनि उनी उत्तिकै सक्रिय छन् । यसअघिका प्राकृतिक प्रकोपहरुको समयमा पनि उनले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा मानवीय सेवामा क्रियाशील थिए ।

सामाजिक र मानवीय सेवामा सक्रिय थापा बेलायतवासी नेपाली समुदायमा प्रिय छन् । ‘समाजसेवामा आफ्नो लगावकै कारण मलाई नेपाली समुदायले रुचाएका छन्,’ उनले भने । समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने आफ्नो स्वभाव तथा मिलनसार शैली र मिजासिलो बानी व्यहोराका कारण आफूलाई युवा तथा अग्रजहरुले साथ दिँदै आएको बताउँछन् । सोही आधारमा एनआरएनएको यस पटकको चुनावी अभियानमा आफूले साथ पाउने उनको विश्वास रहेको छ । एनआरएनमा रहेर फराकिलो रुपमा समाजसेवा गर्ने चाहनाले नै आफू उम्मेदवार बन्न लागेको उनले सिलौटी टाइम्स्लाई बताए । उनको उम्मेदवारीले भने एनआरएनमा यसपटक पनि दुई धार सक्रिय रहने देखिन्छ । अध्यक्षका प्रत्यासी प्रेम गाहा मगरनिकटको समूहबाट उम्मेदवारी दिएका कारण साउथ इस्ट लन्डनमा दीपक श्रेष्ठको प्यानललाई चुनावी अभियानमा केही चुनौती थपिने देखिन्छ ।