April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनसम्पर्क समिति बेलायतबाट कोभिड–१९ राहतका साढे छ लाख प्रदान

जनसम्पर्क समिति बेलायतबाट कोभिड–१९ राहतका साढे छ लाख प्रदान

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले नेपालमा विद्यामान स्वास्थ्य संकटविरूद्ध जुझ्न ६ लाख ५५ हजार रुपैयाँ नेपाल पठाएको छ । केही समयअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विदेशस्थित आफ्ना जनसम्पर्क समितिहरुलाई पार्टीको तर्फबाट नेपालमा कोभिडविरूद्ध लड्न कोभिड–१९ राहत कोष संकलनमा साथ दिन निर्देशन जारी गरेको थियो ।

‘बेलायतमा हाम्रा सदस्यहरू र अन्य शुभेच्छुकहरूबाट जम्मा ३३ सय ८२ पाउण्ड संकलन गरेका थियौँ । जुन आजको विनिमयको दरले ५ लाख ५८ हजार हुन गयो । साथै नेपालमा जम्मा भएको ९५ हजार रुपैयाँ जोडेर हामीले पार्टीको खातामा ६ लाख ५५ हजार रुपैयाँ आजै जम्मा गरेका छौ,’ एनपीसीसी यूकेका कोषाध्यक्ष नोर्बु शेर्पाले सिलौटी टाइम्सलाई बताए ।

Advertisement

यसैबीच, एनपीसीसी यूकेका सभापति युवराज गुरुङले यस पूण्य कार्यको सफल पार्न लागि परेका एनपीसी यूकेका कार्यवाहक सभापति महेश दहाल, महामन्त्री प्रवेश केसी, कोषाध्यक्ष नोर्बू शेर्पा लगायत पार्टीका सदस्यहरु र शुभेच्छुक दाताहरुहरुलाई धन्यवाद ज्ञापन गरेका छन् र भबिष्यमा पनि यस्ता कार्यहरुमा सोही स्तरको सहयोगको अपेक्षा राखेका छन् ।