June 6, 2026, Saturday
२०८३ जेष्ठ २३, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फोनिज यूके पुनः महासचिवविहिन

फोनिज यूके पुनः महासचिवविहिन

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत (फोनिज यूके) का महासचिव कर्मा पहाडी शेर्पाले महासचिव पदबाट राजीनामा दिएका छन् । फोनिज यूकेले उनको राजिनामा स्वीकृत गरिसकेको छ ।

एनआरएनए यूकेको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको शेर्पाले आफूलाई चुनावमा केन्द्रित हुन जिम्मेवारीबाट हटेको बुझिएको छ ।

Advertisement

त्यसो त आफू फोनिज यूकेको महासचिव भएर पनि आफ्नो नेतृत्वले नेपाल पत्रकार महासंघ यूकेको सदस्य दिलाउन पहल नगरेका कारण उनले राजिनामा दिएको पनि चर्चा छ ।

स्मरण रहोस्, आगामी जुन १३ मा हुन गइरहेको नेपाल पत्रकार महासंघ यूकेको चुनावलाई आफ्नो अनुकुल पार्न ग्लोबल दैनिकका सम्पादक तथा सञ्चालक कर्मा पहाडी शेर्पा लगायत बेलायतमा सकृय आधा दर्जन जनजाति पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सदस्यताबाट बञ्चित गरिएको छ ।