March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

एनआरएनए एनसीसी स्पेनको उपाध्यक्षमा सुन्दरी लामाको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअरएनए एनसीसी) स्पेनको उपाध्यक्ष पदका लागि ललितपुरकी सुन्दरी लामाले उम्मेदवार दिने भएकी छन् । लामाले सन् २०२१-२०२३ सम्मकाे कार्यकालको एनआरएनए एनसीसी स्पेनको उपाध्यक्षमा पदमा उम्मेदवारी दिने भएकी हुन् ।

नेपाल पर्यटन व्यवसाय क्षेत्रमा सक्रिय रहेकी लामा हाल स्पेनमा वसोवास गर्दै आएकी छन् । अन्तराष्ट्रिय टुर लिडर भएर नेपालमा झण्डै एक दशक काम गरेकी लामाले थुप्रै समुहमा बेस क्याम्पसम्म टुरको लिड गरेकी छन् ।

Advertisement

को हुन् सुन्दरी लामा ?
ललितपुरमा जन्मेकी लामाले पाटन संयुक्त क्याम्पसमा अध्ययन् गरेकी थिइन । उनी कजेल देखि नै नेपाली कांग्रेस पार्टी निकट विद्यार्थी संघठन नेपाल बिधार्थी संघ (नेविसंघ)को राजनीतिमा सक्रिय थिइन् । उनले नेपाली कांगे्रस ललितपुर जिल्लामा मनोज डंगोलको नेतृत्वको कार्यकलामा पार्टीको जिल्ला सदस्य समेत भएर काम गरेकी सकेकी छन् ।
प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम केन्द्र अन्तर्गत बनेपाको प्राबिधिक केन्द्रबाट नर्सिङ्ग पास गरेकी लामाले वर्ल्ड ब्याङ्कको भक्तपुर खानेपानीमा स्यनिटेशन क्षेत्रमा समेत २ वर्ष काम गरिकी छन् । ललितपुरको तत्कालीन उपमहानगरपालिका हालको महानगरपालिकाको हेल्थ सेक्शन सुरुमा स्वास्थ्य सेवा दिने पहिलो नर्स मध्येकी एक पनि हुन् सुन्दरी लामा ।

स्पेनमा सुन्दरी लामा
विदेश जाने शिलसिलामा सुन्दरी लामा सन् २००७ मा स्पेन पुगिन् । उनले स्पेनमा पुगेर त्यहाँ एक कम्पनिमा ७ बर्ष सम्म प्रशासन फाँटमा र पछि नर्सको रुपमा काम गदै आएकी छिन् । स्पेनमा उनी सामाजिक क्षेत्रमा निकै सक्रिय व्यक्तिकव् रुपमा देखिने गरेकी छन् ।
गैरआवासीय नेपाली संघमा सुन्दरी लामाको संलग्नता
सुन्दरी लामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) स्पेनका गतिबिधिहरुमा सक्रिय छन् । सन् २०१९ मा स्पेनको पंजीकृत सदस्य भएकी लामाले संघको विधि विधान र प्रविधिअनुरुप सबैको संस्था एनआरएनए हुनुपर्छ भनेर लाग्ने लामा स्पेन मात्र होइन सिंगो एनआरएनभित्र एक जुझारु, युवा महिलाको रुपमा चिनिन्छन् ।
हाल एनआरएनएमा लामाको जिम्मेवारी
सुन्दरी लामा हाल एनआरएनए आइसीसीको मानव तस्कर नियन्त्रण कमिटि संयोजक (२०१९-२०२१) को हुनुहुन्छ भने एनआरएनए आइसीसीको यूवा सशक्तिकरण स्वास्थ्य तथा शिक्षा कमिटी सदस्य समेत रहेकी छन् । त्यक्तिमात्र होइन उनी एनआरएनए आइसीसीको डोमेस्टिक भायोलेशन तथा हटलाइन कल सेवा कमिटी सदस्य, एनआरएनए आइसीसीको युरोप क्षेत्र स्वास्थ्य समिति सदस्य, एनआरएनए आइसीसीकोको लण्डनमा हुने तेश्रो स्वास्थ्य सम्मेलन आयोजक सदस्य र एनआरएनए आइसीसीको नर्स समिति सदस्य समेत रहेकी छन् ।