April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सामग्री हस्तान्तरण

पान्थर । आफ्नो गाउँ याङवरक–१, च्याङ्थापु बजारमा रहेको स्वास्थ्य चौकीबाट सम्पूर्ण गाउँलेहरुको सेवा पुगोस् भन्ने मनसायले च्याङ्थापु बजारमा जन्मिएका र हाल काठमाण्डौ निवासी राष्ट्रिय स्तरका विभिन्न महत्वपूर्ण कामहरु गरिसकेका युथ कांग्रेस नेपालका राष्ट्रिय संयोजक तथा सकृय समाजसेवी युवा सचिन तिमल्सेनाको सकृयता र पाँचथर समाज काठ्माण्डौका का.वा. अध्यक्ष, च्याङ्थापु फलैंचा सरोकार समाजका संरक्षक तथा नेपाली काँग्रसका नेता समाजसेवी सुरेन्द्र तिमल्सेनाको उपस्थितिमा विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरु स्वास्थ्य चौकी च्याङ्थापुलाई शुक्रबार हस्तान्तरण गरिएको छ ।

Advertisement

माननिय गगन थापा, राष्ट्रिय कृकेट टिमका पूर्व कप्तान पारस खड्का र समाजसेवी पुकार बमको सहयोगमा २ थान अक्सिजन कन्सन्ट्रेटर (५ र ७ लिटर प्रति मिनेट उत्पादन गर्ने), २ थान पल्स अक्सिमिटर र करिब ५,००० थान मास्क संकलन गरिएको जानकारी संयोजक सचिन तिमल्सेनाले बताए । गाउँमा बढिरहेको कोरोना महामारीबाट पीडित बिरामीहरुको लागि अक्सिजन कन्सन्ट्रेटर प्राणवायुको रुपमा रहेको र यी सामग्रीहरुले च्याङ्थापु क्षेत्रमा बसोबास गरिरहेका गाउँले दिदीबहिनी तथा दाजुभाईहरुको पीडा कम गराउनमा विशेष सहयोग गर्नेछ भन्ने लागेको कुरा समाजसेवी तथा सामग्री हस्तान्तरणका लागि काठमाण्डौँबाट च्याङ्थापु पुगेका सुरेन्द्र तिमल्सेनाले बताए ।

स्थानीय जनप्रतिनिधिहरु, सीमा प्रहरी चौकी च्याङ्थापुका ईन्चार्ज, स्वास्थ्य चौकी च्याङ्थापुका इन्चार्ज तथा अन्य कर्मचारीहरु, बिभिन्न पार्टीका प्रतिनिधिहरु, समाजसेवी महानुभावहरु लगायत अन्य स्थानियहरुको उपस्थितिमा भएको हस्तान्तरण कार्यक्रमलाई बिभिन्न वक्ताहरुले सम्बोधनका क्रममा सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद प्रकट गरेका थिए ।

हाल च्याङ्थापु र फलैंचामा गरी भन्दा ६० जनाभन्दा बढी कोरोनाका संक्रमितहरु रहेका र केही संक्रमणमुक्त भइसकेको स्वास्थ्य चौकी च्याङ्थापुका प्रमुख डिल्लि पाण्डेले बताए । हामीले चाहेर पनि पल्स अक्सिमिटर, थर्मोमिटर, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक सामान संक्रमितहरुलाई दिन नसकिरहेको अवस्थामा प्राप्त भएका यी सामग्रीहरुले हामीलाई ठूलो राहत मिलेको कुरा पनि पाण्डे बताए ।