May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साहित्य चौतारीको ५५ औँ सिर्जना वाचन श्रङ्खला सम्पन्न

साहित्य चौतारीको ५५ औँ सिर्जना वाचन श्रङ्खला सम्पन्न

लन्डन । साहित्य चौतारी यूकेले स्रष्टाहरूको सिर्जना क्षमतालाई उपयुक्त मञ्च दिन सुरु गरेको सिर्जना वाचन कार्यक्रमको ५५ औँ श्रङ्खला सम्पन्न गरेको छ । पछिल्लो श्रङ्खलामा दर्जन बढी स्रष्टाहरूले विभिन्न विधामा रचना वाचन गरेका थिए ।


आइतबार भर्चुअल जुमबाट भएको कार्यक्रममा यूके, अमेरिका र नेपालबाट साहित्यकारहरूको सहभागिता रहेको चौतारीका अध्यक्ष एवम् संस्थापक वासु शर्माले बताए । यूकेमा रहेका सर्जक र विभिन्न साहित्यिक संस्थाहरूबीच एकापसमा आत्मीय सम्बन्ध कायम गर्न र सिर्जना कर्मलाई बढावा दिन प्रत्येक महिना श्रङ्खला आयोजना गरिएको जनाए ।

Advertisement


कार्यक्रममा मोहन आचार्य जल्लाद, दुष्यन्त भट्टराई, सञ्जीता देउजा, गंगा भण्डारी, प्रतिमा केसी, अमित थेवे, नानु राना मगर, सविता बराल, अग्नि पराजुली, रविन्द्र भट्टराई, उर्मिला पन्त पाण्डे, वासु शर्मा लगायतले गीत, मुक्तक, कविता र गजल वाचन गरेको कार्यक्रम संयोजक अहिल्या सुवाल कुँवरले बताइन् ।