फोनिज यूकेको जिम्मेवारीमा हेरफेर
२७ जून, लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेको कार्यसमितिको जिम्मेवारीमा हेरफेर भएको छ । शनिबार बसेको महासङ्घको बैठकले पदाधिकारीको जिम्मेवारी बाँडफाँड गरेको हो ।
केही समय यता रिक्त रहेको महासचिव पदमा भिमल राईलाई मनोनयन गरिएको अध्यक्ष प्रमिला लाबुङ राईले बताइन् । महासचिव राई यसअघि सचिव पदमा कार्यरत थिए । यसअघिका महासचिव कर्मा पहाडी शेर्पाले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । उनी भर्खरै मात्रै नेपाल आदिवासी जनजाति महासङघ(नेफिन) यूकेका अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी, बैठकले सचिवमा लीला सेलिङ माबोलाई चयन गरेको छ । सदस्य पदमा रोमियन वनेम लिम्बुलाई मनोनयन गरेको छ ।


बैठक अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा सम्पन्न भएको उपाध्यक्ष गोमा राना मगरले बताइन् । बैठकमा सल्लाहकारहरू एकिन्द्र गुरूङ, द्रुत पुन, नगेन्द्र नेम्वाङ, विमला सेने, भक्त दुरा, जमुना पुन लगायत उपस्थित थिए । फोनिज यूकेको स्थापना सन् २०१३ मा भएको थियो ।



प्रतिकृया दिनुहोस्