April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कल्प–ग्रन्थको वितरण सुरु

कल्प–ग्रन्थको वितरण सुरु

काठमाडौँ । आख्यानकार कुमार नगरकोटीको कथा संग्रह ‘कल्प–ग्रन्थ’को वितरण सुरु भएको छ । प्रसिद्ध लेखक एवम् पत्रकार नारायण वाग्लेलाई उनको ’पूर्व–भुक्तान–प्रति’ लेखक नगरकोटीद्वारा हस्तान्तरण गर्दै यसको वितरण सुरु भएको प्रकाशक बुक–हिलले जनाएको छ ।

गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी पाठकबाट ’पूर्व–भुक्तानी’ लिई ’लिमिटेड एडिशन’ मुद्रण भएको किताब कोभिड–१९ को संक्रमणले जनजीवनमा प्रभाव पारेपछि वितरण रोकिएको थियो ।
विभिन्न शैलीका प्रयोगात्मक ७० वटा कथा रहेको ’कल्प–ग्रन्थ’को आफ्नो प्रति हात पारेपछि नारायण वाग्लेले भने, ‘मुद्रण र यसको प्रकाशन शैलीले अन्य लेखकलाई पनि लेखन र प्रयोगमा उत्साह थप्नेछ, यो एउटा मानक किताब बन्नेछ ।’

Advertisement


सम्पूर्ण पाठकप्रति आभार समेत व्यक्त गर्दै देश तथा विदेशमा रहेका सबै पाठकमा वितरण गरिसक्न एक साता लाग्ने प्रकाशन गृह बुक–हिलले जनाएको छ ।