May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विमानस्थलको नाम परिवर्तन गरिएकोप्रति लिम्बुवानको आपत्ति

विमानस्थलको नाम परिवर्तन गरिएकोप्रति लिम्बुवानको आपत्ति

हङकङ । पूर्वको दुई विमानस्थलहरूको नाम परिवर्तन गरिएको कार्यप्रति लिम्बुवान राष्ट्रिय मोर्चाले विरोध जनाएको छ । पूर्वी लिम्बुवान क्षेत्रको पहिचान नामेट भएको भन्दै मोर्चाले आपत्ति जनाएको हो ।


एक विज्ञप्ति प्रकाशित गर्दै मोर्चाले केपी ओली सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको ०७८।०७९ को बजेटले पूर्वको ताप्लेजुङको सुकेटार विमानस्थल र तेह्रथुमको आठराई विमानस्थल परिवर्तन गरेर क्रमशः रविन्द्र अधिकारी विमानस्थल र आङछिरिङ विमानस्थल बनाएर स्थानीय लिम्बुवानी जनताको मर्मविपरीत काम गरेको आरोप लगाएको छ । मोर्चाका अध्यक्ष दिल पालुङ्वा र महासचिव मदन कन्दङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुरानो नाम पुनःस्थापित नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।

Advertisement