May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निर्वाचन समिति गठनप्रति असहमत समावेशी समूह पत्रकार सम्मेलन गर्दै

निर्वाचन समिति गठनप्रति असहमत समावेशी समूह पत्रकार सम्मेलन गर्दै

लन्डन । गैर आवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनका लागि एकपक्षीय रुपमा गठित निर्वाचनसमितिप्रति समावेशी समूहले गम्भीर असहमति प्रकट गरेको छ । उक्त समूहले मंगलबार साँझ पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्न लागेको छ ।


निर्वाचन समितिका प्रमुख महेन्द्र कँडेलले आफ्नै प्रतिबद्धताको अवज्ञा गर्दै विवादास्पद व्यक्तिहरुलाई समेटेर निर्वाचन समितिलाई पूर्णता दिएको समावेशी समूहले आरोप लगाएको छ ।
३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले निर्वाचन समिति प्रमुख कँडेलले समितिमा गरेको मनोनयनबाट निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका व्यक्त गरे ।

Advertisement


निर्वाचन प्रक्रिया शुरु हुनु भन्दा केही दिन अघि मात्रै समिति प्रमुख कँडेलले एकपक्षीय र एकलौटी रुपमानिर्वाचन समितिलाई पूर्णता दिएको गाहा मगरले बताए । ‘यो समिति हेर्दा निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका छ’ उनले भने, ‘समाजमा स्वच्छ छबि भएका र सामाजिक व्यक्तिहरुलाई समेटेर निर्वाचन समिति बनाउनुपर्नेमा कुनै राजनीतिक दल र कुनै समूहका समर्थकलाई समेटेर निर्वाचन समिति बनाइएको छ ।’


विगतका गलत क्रियाकलापका कारण बेलायतको नेपाली समाज अझै एकजुट हुन नसकिरहेका बेला फेरिदेखिएको यस्ता क्रियाकलापले समाजलाई थप भाँड्ने र विभाजित गर्ने बेलायतस्थित नेपाली समाजकाअगुवाहरुको ठहर छ ।


निर्वाचन समिति गठनमा भएको चलखेल र जालसाझी सार्वजनिक गर्न मंगलबार साँझ साढे सात बजे समावेशी समूहले पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनलाई समावेशी समूहको तर्फबाटबेलायतस्थित नेपाली समाजका एकजना अगुवा तथा एनआरएनए युकेका पूर्व उपाध्यक्ष शेर बहादुर सुनारलेसम्बोधन गर्ने छन् ।


जुममार्फत हुने भर्चुअल पत्रकार सम्मेलनमा सहभागी भई सत्य तथ्य समाचार सार्वजनिक गर्न समावेशी समूहले सबै सञ्चारकर्र्मीलाई अनुरोध गरेको छ ।