May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यूएईमा रहेका नेपालीले पठाए ५९ हजार थान पीसीआर कीट

यूएईमा रहेका नेपालीले पठाए ५९ हजार थान पीसीआर कीट

रोजगारीको शिलशिलामा संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत रहेका नेपाली समुदायले सहयोग रकम सङ्कलन गरेर उठाएको रकमले  ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् । 
नेपाल एयरलाइन्सको वाइडबडीमार्फत बुधबार बिहान ति पीसीआर किट नेपाल पठाइएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ । 


नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समान रूपमा वितरण गरिने जनाइएको छ । स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशमा समान ८ हजार ४ सय २८ थान कीटका दरले सहयोग वितरण गरिने भएको छ । कोरोना विरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न यूएईमा  कार्यरत नेपालीहरुले  ४७ लाख रुपैयाँ रकम सङ्कलन गरी पीसीआर किट किनेका हुन् । युएईका  नेपालीहरूले सम्पूर्ण संघसंस्थाको सहभागिता तथा नेपाली दूतावास अबुधाबीको संरक्षणमा ‘मातृभूमि सहयोग अभियान’ सञ्चालन गरेर रकम सङ्कलन गरेका थिए ।

Advertisement


राहत रकम सङ्कलन अभियानमा यूएईमा सक्रिय संघ सङ्गठन, नेपाल एसोसिएसन, नेपालीज बिजनेस काउन्सिल, एनआरएनए, नेपाली समाज यूएई तथा यसमा आबद्ध सम्पूर्ण जिल्ला, गाउँ नगर सङ्घसंस्था, आदिवासी जनजाति महासङ्घ लगायत सयभन्दा बढी नेपाली सङ्घसंस्थाहरू जुटेका थिए ।