May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारीको उम्मेदवारी

एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारीको उम्मेदवारी

अष्ट्रिया । गैरआवासीय नेपाली संघ अष्ट्रिया (एनआरएनए अष्ट्रिया) को आगामी कार्यकाल (२०२१-२०२३) का लागि भवानी तिवारी अध्यक्ष पदमा उम्मेदवार भएकी छन् । तिवारी एनआरएनए अष्ट्रियाको वर्तमान महासचिव पनि हुन् ।

२००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि भने अष्ट्रियामा बस्दै आएकी छन्। यो १६ बर्ष देखि युरोपको बसाइले उनलाई नेपाली समुदाय मात्र होइन एनआरएनको मा पनि आवद्ध रहिन् । एनआरएनको सुरुवातीका समय देखि नै गतिबिधिमा संलग्न रहेकी तिवारीका श्रीमान पनि एनआरएनए एनसीसीका पूर्व अध्यक्ष नै थिए। त्यसैले पनि २००५ देखि नै उनि पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एनआरएनका गतिबिधिमा संलग्न हुँदै आएको बताउँछिन।

Advertisement

२०१७-२०१९ मा एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजक हुँदै २०१९ मा भने महासचिव रहेकी तिवारी यो पटक चाहिं अध्यक्षकै प्रत्यासी भएकी छन्।

यस्ता छन् एजेण्डाः

  • नेपाली पहिचानको निरन्तर गर्न नेपाली समुदायको राष्ट्रिय सम्मेलन गर्ने
  • आर्थिक श्रोत बिकास गर्ने
  • इमिग्रेशन सपोर्ट कार्यक्रम संचालन गर्ने
  • एनसीसीमा विभागीय जिम्मेवारी मात्र होइन कार्यसमितिका सबैलाई सक्रिय बनाउन एक व्यक्ति एक प्रोजेक्ट संचालन गर्ने
  • नयाँलाइ प्रोत्साहन र अग्रजलाइ सम्मान गर्न नियमिति गतिबिधि गरिने
  • नेपाली बिधार्थीहरुको सपोर्टको लागि कार्यक्रम सुरु गर्ने
  • नेपाली भाषा कक्षा संचालनको लागि आधारभूत कुरा तय गर्ने
  • नेपाली समुदायलाइ समेट्न एनसीसीले मासिक रुपमा जुम पब्लिक हेयरिङ्ग सुरु गर्ने
  • बार्षिक र २ बर्षे कार्य योजना तर्जुमा, त्यसको मुल्यांकन र अनुगमन समेत गरिने
  • २०२३ को अन्तमा एउटा स्वस्थ र सबैको एनसीसी बनाएर नयाँ नेतृवलाइ हस्तान्तरण गरिने

धादिङ जिल्लाको मैदीगाउँमा जन्मेकी भवानी तिवारीले पाटन क्याम्पसबाट स्नातक गरेकी छन् ।