May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आयरल्याण्डका शुक्रराज न्यौपाने एनआरएनएको यूरोप संयोजकमा उठ्ने

आयरल्याण्डका शुक्रराज न्यौपाने एनआरएनएको यूरोप संयोजकमा उठ्ने

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी तर्फ युरोप संयोजकमा वर्तमान उपसंयोजक शुक्रराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् । गणतन्त्र आयरल्याण्डको डब्लिनमा बसोवास गर्दै आएका न्यौपाने हाल युरोपको उपसंयोजक (डीआरसी) हुन् ।

सन् २००९ देखि २०११ कार्यकालका एनआरएनए आयरल्याण्डका अध्यक्ष शुक्रराज न्यौपाने एक सफल युवा व्यवसायीको रुपमा चिनिन्छन् । उनी नेपाल छँदादेखि नै पर्यटन व्यवसायमा संलग्न थिए । कमाएर वा प्रसस्त भएर भन्दा पनि आफूसित जे जति छ त्यसको उचित व्यवस्थापन गर्दै समाजसेवामा आफू लागिपरेको न्यौपाने बताउँछन् । गैर–आवासीय नेपाली संघ आयरल्याण्ड, संघका पूर्व अध्यक्षहरु, आयरल्याण्डका सबै संघसंस्था र तिनका प्रतिनिधिहरुको बैठक बसी आफूलाई एनआरएनएको युरोप क्षेत्रको नेतृत्व गर्न भनेको आधारमा आफूले उम्मेदवारी दिने तयारी गरेको उनले बताए ।

Advertisement

उनले भने, ‘गएको निर्वाचनमा एनआरएन युरोपका सदस्यहरुले मलाई दिएको अपार सहयोग र समर्थन आगामी चुनावमा पनि निरन्तर रहने मेरो विस्वास छ ।’ नेपालीका लागि नेपाली भन्ने एनआरएनएको मूल मन्त्र वर्तमान नेतृत्वपंक्तिको कमजोरीका कारण सेलाउँदै गएको अवस्थामा युरोप क्षेत्रमा यस नारालाई पुनर्ताजगी गराउने र यसलाई नेपालसम्म पुर्याएर परिणाममुलक बनाउने मेरो योजना छ,’ उनले सिलौटी टाइम्सलाई बताए ।