संघीय लिम्बुवान सामाजिक मञ्च आसफोर्डको चौथो अधिवेशन सम्पन्न
आसफोर्ड । संघीय लिम्बुवान सामाजिक मञ्च युके अन्तर्गत आसफोर्ड शाखाको चौथोे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राज नेम्बाङ्ग लिम्बुको अध्यक्षतामा २९ सदस्यीय कार्य
समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यकहरुमा प्रदिप कन्दङ्वा, सन्तोषी फोम्बो, सचिवमा योगेन्द्र तावा, सह सचिवमा धिरज खेवा, कोषाध्यक्षमा प्रेम गुरुङ, सह कोषाध्यक्षमा श्री नेम खापुङ छन् । सदस्यहरुमा बल बहादुर आङ्बुहाङ, धन कुमारी थलङ, दिल कुमारी जवेगु, यसोदा काम्बाङ, भक्त बोखिम
रुपा खवाहाङ्ग, बेनु कुमार असामी, उदय आङ्बुहाङ, गंगामाया केदेम, अमृता तुम्बाहाङ्फे, रुद्रमाया सुहाङ, नरेन्द्र थोप्रा, तारादेबी बि.क.. नगेन्द आङ्बो, चन्द्र बहादुर बेघा छन् । त्यस्तै, वरिष्ठ सल्लाहकारमा जगत सुहाङ र सल्लाहकारहरुमा खगेन्द्र तावा, हेमलाल इजम, देबेन्द्र सुहाङ, नरजङ माबोहाङ, काली बहादुर मादेन, काजिमान ओख्राबो छन् ।
साथै श्री सुरेन्द्र थेबेको अध्यक्षता ११ सदस्यीय संघीय लिम्बुवान सामाजिक युवा मञ्च आसफोर्डको पनि गठन भएको छ । समितिको उपाध्यक्षमा देब चोङबाङ, कोषाध्यक्षमा शुष्मा कन्दङवा छन् । सदस्यहरुमा हरि आङबुहाङ, गंगामाया आङबुहाङ, पबिन लिम्बु, युबराज आङबुहाङ, हाङमा थक्लुङ,तान्छोङमा थक्लुङ, जीवन लिम्बु र समिर थेबे छन् ।
कार्यक्रम निवर्तमान अध्यक्ष जगत सुहाङको अध्यक्षतामा सचिव योगेन्द्र तावाको कार्यक्रम सञ्चालनमा भएको थियो । अधिवेशन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका केन्द्रिय सदस्य तथा संलिसाम युकेका प्रवत्ता नवराज काम्बाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
(योगेन्द्र तावाबाट)



प्रतिकृया दिनुहोस्