May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली दूतावास कुवेतको समन्वयमा रेडक्रस कुवेतले स्वास्थ्य सामग्री नेपाल पठाइयो

नेपाली दूतावास कुवेतको समन्वयमा रेडक्रस कुवेतले स्वास्थ्य सामग्री नेपाल पठाइयो

नेपाली राजदूतावास कुवेतको समन्वयमा कुवेत रेड क्रिसेन्ट समाजले कोभिड -१९ विरूद्ध लड्न नेपाल पठाइएको छ। नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको पोर्टेबल अक्सिजन कोन्डेन्टर्स, बिरामी मोनिटर, मेडिकल भेंटिलेटरहरू, ओभरबेड टेबलको साथ अस्पतालको ओछ्यान, नाडी अक्सिमिटर, महत्त्वपूर्ण संकेत मोनिटर, पीपीई लगायतका स्वास्थ्य सामग्री तथा उपकरणहरू कुवेत-काठमाडौं सेक्टरमा सञ्चालित जजिरा एयरवेजको उडान २० जुलाई २०२१ का दिन काठमाडौं पु¥याएर नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गरेको कुवेत स्थित नेपाली दुतावासले जनाएको छ।

नेपालको कोभिड -१९ को संक्रमणको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराएकोमा नेपाली राजदूतावास कुवेत कुवेत रेड क्रिसेन्ट समाज कुवेत रेड क्रिसेन्ट समाजप्रति हार्दिक आभार प्रकट गरेको छ । साथै, यस राजदूतावास तथा कुवेत रेड क्रिसेन्ट समाजको समन्वयमा मानवीय सहायता स्वरूप उपलब्ध गराइएका उक्त सामग्री तथा उपकरण सहज रूपमा कुवेतबाट काठमाडौं सम्म पुर्याउन सहयोग गरेकोमा जजिरा एयरवेज व्यवस्थापक एवं संचालक प्रति दूतावास धन्यवाद व्यक्त गरेका छन् ।

Advertisement