May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए कुवेतको महाधिवेशन  २३ जुलाईमा

एनआरएनए कुवेतको महाधिवेशन २३ जुलाईमा

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन २३ जुलाई २०२१ का दिन वेवानार मार्फत हुने भएको छ । कॊभिड महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल मार्फत गर्न लागिएको हो।

२०२१ – २०२३ को कार्यकालको लागि नेतृत्व चयनमा निर्विरोध रुपमा अध्यक्ष राणाद्वाज लामा र महासचिवमा निवर्तमान महासचिव रहेका मानबहादुर पाख्रीन निर्विरोध रुपमा चयन भएको छ। मध्य पूर्वी देश कुवेतको आइसीसी सदस्यमा पहिलो पल्ट दुइ जना चयन भएको छ। निवर्तामान वरिष्ट उपाध्याक्ष हरि कुमार लावती र माधव पौडेल आइसीसी सदस्यमा चयन भएको छ। अध्यक्ष्य र महासचिव वाहेक उपाध्यक्ष टिका आचार्य, माधव शाही, उमेश पुडासैनी र महिला उपाध्यक्षमा अमृता वान्तावा सचिवमा जीवन कुमार विश्वकर्मा र मनिश केसी पनि निर्विरोध चयन भएको छ। कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमश: प्रेम प्रसाद गुरुङ र सोनाम लामा रहेको छ। त्यस्तै एक जना रहने युवा संयोजकको लागि नवराज पराजुली र दामोदार बटालाले उम्मेद्वारी दिएको छ भने सह युवा संयोजकको लागि आङ्ग नुर्बु शेर्पा निर्विरोध रहेको छ। महिला संयोजक र सह संयोजकमा पनि रमिता योञ्जन सजिना गुरुङ क्रमश: चयन भएको छ।

Advertisement

११ जना निर्वाचित सदस्यमा १२ जना उम्मेद्वारीले नाम दर्ता गराएको निर्वाचन समितिले प्रकाशित अन्तिम नामावलीमा प्रकाशन गरेको छ। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सुजन केसीको अध्यक्षतामा २०१९-२०२१ को कार्यकाल कोरोना महामारीको बाबजुत उल्लेख्य काम गरेको थियो। नेपालीको लागि नेपाली मूल नारालाई आत्मसात गर्दै कुवेतमा समस्यामा परेका नेपालीको श्रमिकको उद्वार र सहयोगको निम्ति विसम परिस्थितिमा पनि गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अग्र स्थानमा रहेर काम गरेका थिए। कोरोना महामारी विरुद्ध लड्न नेपाल सिलिण्डर पठाउनको लागि सहयोग संकलनको साथै विभिन्न प्राकृतिक प्रकोपमा पनि गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले राम्रो भूमिका खेलेको थियो।