May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतमा कँडेल लोकप्रिय, दोश्रो पटक उपाध्यक्ष बन्दै

बेलायतमा कँडेल लोकप्रिय, दोश्रो पटक उपाध्यक्ष बन्दै

लन्डन । बेलायतको नर्दन आयरल्याण्ड नेपाली समाजले एनआरएनए यूकेको आसन्न निर्वाचनमा आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदमा नारायण कँडेललाई समर्थन गर्ने भएको छ । समाजका अध्यक्ष बलबहादुर थापाले आयरल्याण्डमा एनआरएनए स्थापना गर्नेदेखि आयरल्याण्डलाई सिंगो बेलायतसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कँडेललाई संस्थागत रुपमा नै समर्थन रहेको स्पष्ट पारेका छन् ।

एनसीसी यूकेको बहालवाला उपाध्यक्ष रहेका कँडेलले आगामी कार्यकाल २०२१–२०२३ का लागि पनि नर्दन आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने गरी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नर्दन आयरल्याण्डमा एनआरएनए राज्य समन्वय परिषद् स्थापनासँगै एनसीसी यूकेको संस्थागत सुदृढीकरण तथा पारदर्शिताका लागि अभियान नै चलाएका कँडेल बेलायतभर नै लोकप्रिय मानिन्छन् । हामीले सर्वसम्मत नै बनाउने पहल गरेका थियौं, समाजका अध्यक्ष थापाले भने, सर्वसम्मत नभएपनि निर्वाचनबाट उहाँलाई विजयी गराउने छौं । यही ३१ जुलाईमा हुने निर्वाचन हुने छ । नर्दन आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने उपाध्यक्षमा कँडेलसँगै नारायण कुँवरले पनि उम्मेदवारी दिएका छन् । समाजले कुँवरको उम्मेदवारी फिर्ता गराउने पहल गरेपनि कुँवरले अस्वीकार गरेपछि कँडेल र कुँवरबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।

Advertisement

नर्दन आयरल्याण्डको उपाध्यक्षका रुपमा एक कार्यकाल पूरा गर्न लागेका कँडेलले सिंगो एनसीसी सुधारसहित राज्य समन्वय परिषदलाई संगठित गर्न योगदान गरेकाले पुनः एकपटक उनलाई निर्वाचित गरिने थापाले स्पष्ट पारे । विगत लामो समयदेखि नर्दन आयरल्याण्ड बस्दै आएका कँडेल सो क्षेत्रका स्थापित व्यवसायीसमेत हुन् । नेपाल र बेलायती कानुनका जानकारसमेत मानिने कँडेल बौद्धिक व्यक्तिका रुपमासमेत परिचित छन् । कँडेलजीकै नेतृत्वमा फेरि एक पटक नर्दन आयरल्याण्डलाई सिंगो बेलायतसँग जोड्ने र एनआरएनमा नर्दन आयरल्याण्डको छुट्टै पहिचान स्थापित गर्ने हाम्रो योजना हो, थापाले स्पष्ट पारे । कँडेलकै पहल र योजनामा नर्दन आयरल्याण्ड र स्कटल्याण्डमा राज्य समन्वय परिषद स्थापना भएको थापाले सुनाए ।

नारायण कँडेलले उपाध्यक्षका रुपमा एक कार्यकाल पार गरिसकेको र त्यसक्रममा महत्वपूर्ण अनुभव सँगालेका कारण आगामी कार्यकालमा उनको अनुभव सिंगो नेपाली समुदायको हितका लागि फलदायी हुने समाजको विश्वास छ । एनआरएन यूकेमा भएको आर्थिक अनियमिततामा संलग्नलाई कारबाही हुनुपर्ने माग राख्ने मध्येमा कँडेल अग्रस्थानमा आउँछन् । एनसीसीमा गरेको पहल सफल नभएपछि कँडेलसहितका पदाधिकारीहरुले अनियमितता गर्नेलाई कारबाही गर्नुपर्ने मागसहित अदालतमा मुद्दा दायर गरेका हुन् । उक्त मुद्दा बेलायतीय अदालतमा विचाराधीन अवस्थामा छ । आर्थिक पारदर्शिताका लागि संघर्षरत कँडेललाई पराजित गर्न अनियमिततामा संलग्न पूर्वपदाधिकारी तथा केही अमुक व्यक्तिहरुले कँडेलका विरुद्ध अभियान चलाएको बताइन्छ ।