April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कुवेतमा केही दिनको अन्तरालमा तीन जनाले गुमाए ज्यान, एक जनाको आत्महत्या

कुवेतमा केही दिनको अन्तरालमा तीन जनाले गुमाए ज्यान, एक जनाको आत्महत्या

कुवेत । कुवेत पुगेका तीन नेपाली श्रमिकको केही दिनको अन्तरालमा ज्यान गुमाएका छन् ।त्यस्तै, एक घरेलु महिला कामदारले आत्महत्या गरेको छ ।

कुवेतमा ज्यान गुमाउनेहरुमा लमजुङका अमिर तामाङ, धनकुटाकी सुमित्रा तामाङ र सिराहाका राजिउल्लाह मोहम्मद रहेका छन् । लमजुङका २५ वर्षीय तामाङको आफ्नो कोठामा सुतेकै अवस्थामा हृदयघातका कारण निधन भएको हो । निधन भएका अमिर तामाङ गत वर्षको नोभेम्बरमै घर फर्किनको लागि कम्पनीबाट पासपोर्ट लिएर हिँडेको र गैरकानुनी रुपले कुवेतमै बस्दै आएका थिए । मृतक तामाङ ५ वर्ष अघि रोजगारीका कुवेत पुगेका थिए ।त्यस्तै धनकुटाकी सुमित्रा तामाङले आफू बस्ने कोठामा रहेको कोठाको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

Advertisement

घरेलु महिलाको रुपमा कार्यरत तामाङले कुवेतको साल्मियामा रहेको घरमालिकको अपार्टमेन्टमा आत्महत्या गरेको कुवेत प्रहरीले जनाएको छ । नेपाली दूतावास कुवेतका अनुसार उनि गैरकानुनीबाट हुँदै त्यहाँ पुगेर लेवनानी नागरिकको घरमा कार्यरत थिइन् । उनी कहिले कुवेत पुगेकी थिइन् र के कति कारणले आत्महत्याको बाटो रोजिन केही खुलेको छैन। गैरकानुनी हुँदै कुवेत आएकाले पूर्ण विवरण प्राप्त गर्न नसकेको नेपाली दूतावास कुवेतले जनाएको छ । यसैगरी सिराहाका राजिउल्लाह मोहम्मदको पनि सवारी दुर्घटनामा मृत्यु भएको छ ।कुवेतको हार्दिस पिज्जा कम्पनीमा डेलिभरी ब्याईको काम गरिरहेका उनको सवारी दुर्घटनामा मृत्यु भएको हो। उनीहरु कार्यरत कम्पनी तथा स्पोन्सरसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी मृतक तीन जनाकै शव स्वदेश पठाउने कार्य अघि बढाइएको दूतावासले जनाएको छ ।