April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चलचित्रकर्मी देउमान केरुङको निधन

चलचित्रकर्मी देउमान केरुङको निधन

पान्थर । चलचित्रकर्मी एवम् कलाकार देउमान केरुङको आइतबार ५५ वर्षको उमेरमा निधन भएको छ । केरुङको क्यान्सर रोगबाट लामो समययता पीडित रहँदै आएका थिए ।

इना म्युजिक एन्ड फिल्मस प्रालिका प्रबन्ध निर्देशक केरुङ आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्धन समितिका पूर्व सदस्य समेत रहेका थिए । उनी लघु चलचित्र पुङ्समाम, तुम्याहाङका निर्माता, चलचित्र कुसुम, थेत्लङ, साम लगायत विभिन्न चलचित्रमा अभिनेता समेत थिए ।
वि.सं. २०२२ सालमा पान्थरको फालेलुङ साविक एक्तिन जोरपाटीमा बुवा लक्ष्मण केरुङ र आमा सरानी पङ्धाक केरुङको कोखबाट उनको जन्म भएको थियो । उनी केरुङ चोत्लुङ सङ्जुम्भोको पूर्व केन्द्रीय उपाध्यक्ष समेत थिए ।

Advertisement