April 22, 2024, Monday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएन यूकेका अध्यक्षका उम्मेदवार गाहा मगरद्वारा भलिबल टुर्नामेन्टका विजेतालाई ट्रफी तथा पुरस्कार प्रदान

एनआरएन यूकेका अध्यक्षका उम्मेदवार गाहा मगरद्वारा भलिबल टुर्नामेन्टका विजेतालाई ट्रफी तथा पुरस्कार प्रदान

लन्डन । गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष एवम् २०२१–२०२३ का लागि अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले ‘मिडल्याण्ड भलिबल टुर्नामेन्ट २०२१’ का विजयी टिमहरुलाई ट्रफी तथा पुरस्कार प्रदान गरेका छन् ।

नेपाली समाज नटिङ्हामले मिडल्याण्डमा आयोजना गरेको प्रतियोगितामा ६ वटा नेपाली टिमहरुको सहभागिता थियो । प्रतियोगितामा बर्मिङ्घमको टोलि प्रथम भएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने टिमहरुलाई पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो । अध्यक्षका उम्मेदवार गाहा मगरले सहभागी सबै खेलाडीहरुलाई बधाई दिए । उनले कार्यक्रम आयोजनाको लागि ३५१ पौण्ड तथा विजयी टिमलाई हौसला स्वरुप थप १०० पौण्ड प्रदान गरेका थिए। पुरस्कार प्रदान गर्दै गाहा मगरले आफू पनि पूर्व खेलाडी नै रहेको बताउँदै युवा खेलाडीहरुको क्षमता वृद्धि गर्न आफू लागिरहने बताए । ‘म पनि पूर्व खेलाडी नै हुँ, खेलकुदको माध्यमबाट समाजलाई थप एकताबद्ध बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।

Advertisement

अध्यक्षका उम्मेदवार गाहा मगरले आफूले विगतदेखि नै खेलाडीहरुको क्षमता विस्तारमा ध्यान दिएको बताउँदै एनआरएनए एनसीसीको अध्यक्षमा निर्वाचित भएमा युवा खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याउने बताए । ट्रफी तथा पुरस्कार वितवरण कार्यक्रममा एनसीसीका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि नर्दन आयरल्याण्डबाट उपाध्यक्ष पदका उम्मेदवार नारायण कँडेल, उपाध्यक्ष पदकै अर्का उम्मेदवार गोविन्द खरेल, महासचिवका उम्मेदवार खुसी लिम्बु, युवा संयोजक पदका उम्मेदवार अनिल मल्ल, महिला संयोजक उम्मेदवार बिमला लिम्बु, सदस्य पदका उम्मेदवारहरु दीपक सापकोटा, भानुभक्त घिमिरे, उपेन्द्र पौडेल र इङ्ल्याण्ड राज्य समन्वय परिषदका सचिवका उम्मेदवार रामप्रसाद पन्थीको पनि उपस्थिति रहेको थियो ।

सोही अवसरमा अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरसहित विभिन्न उम्मेदवारहरुले खेलाडी तथा प्रतियोगितास्थलमा भेला भएका नेपाली समाजका अगुवा तथा एनआरएनका पन्जीकृत सदस्यहरुलाई भेटी आफ्ना एजेन्डाहरुबारे बताउंदै सहयोगका लागि आग्रह गरेका थिए । एनसीसी यूकेको नयाँ नेतृत्व चयनका लागि यही ३१ जुलाईमा निर्वाचन तोकिएको छ ।