April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रेम गाहा मगर पक्षले प्रेस सम्मेलन गर्दै

प्रेम गाहा मगर पक्षले प्रेस सम्मेलन गर्दै

लन्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगर समूहले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । गाहा मगरसँगै उनको पक्षमा उभिएका अन्य उम्मेदवारहरुको उपस्थितिमा समेत प्रेस भेटघाट हुँदैछ ।

गैरआवासीय नेपाली संघ, यूकेको २०२१–२०२३ कार्यकालका लागि नेतृत्व चयन गर्न यही ३१ जुलाईमा निर्वाचन हुँदैछ । वर्तमान उपाध्यक्ष प्रेम गाहा मगरले सात बुँदे प्रतिबद्धतापत्र सहित अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनले अघि सारेका प्रतिबद्धतामा विभिन्न पदका उम्मेदवारहरुले पनि समर्थन जनाएका छन् ।

Advertisement

अध्यक्ष पदका उम्मेदवार र उहाँको प्रतिबद्धतामा सहमति जनाउने अन्य उम्मेदवारहरुको समेत सहभागितामा शुक्रबार अल्डरसटको दि प्यालेसमा बेलुकी ५ बजे पत्रकारहरुसँग साक्षात्कार कार्यक्रम रहेको प्रेम गाहा मगर जिताऔं अभियानका प्रमुख संयोजक शेरबहादुर सुनारले जनाएका छन् ।