लिपिकै कुरो
(यतिबेला याक्थुङ लिम्बु समुदायमा लिपिको नाममाथि तीव्र बहस र विवाद भइरहेको छ । यसै सेरोफेरोमा लिपिबारे भिन्न भिन्न मतहरू प्रस्तुत गर्ने क्रममा लिपिका प्रचारक एवम् युवा अभियन्ता अभिषेक नेम्वाङको विचार प्रस्तुत गरेका छौँ । सं)
आज हामीले प्रयोग गरिरहेको यो लिपि महागुरुले तेस्रो पटक फक्ताङ्लुङ ( कुम्भकर्ण हिमाल ) तिर्थ यात्रामा प्राप्त गरेका हुन । ढुंगामा कुंदिएको उक्त लिपि यात्राको क्रममा गुफामा भेटिएको थियो जुन तेअंसी सिरिजंगाले गुफा साधनाद्वारा प्राप्त गरेर ती ढुंगामा खोपिराखेका थिए ।
श्रुतीले भन्छ याङवरक थुम सिनामका सिंथे थेवेले उक्त लिपि फक्ताङ्लुङ हिमालको काखमा ध्यान तपस्याको बलले प्राप्त गरेका थिए जुन प्रचार पसार गर्ने क्रममा सिक्किममा उनी बिभत्स्पुर्ण तरिकाले मारिए । उन्ले यो कसरी पाए? कसरी प्रचार प्रसार गरे ?तेल्लक जन्मस्थान देखि फक्ताङलुङ हिमाल र सिक्किम राजधानी राब्देन्त्से कसरी पुगे ? येस्को ईतिहास आफैमा रोचक र मायालाग्दा छन । येस्को कुरा अरुकुनै अध्यायमा गरौला, आज लिपिको उत्थानमा महागुरुको भुमिकाबारे थोरै जानकारी यतै प्रस्तुत गरेँ ।
महागुरुले लिपि प्राप्त गरेपछी कर्मथलो चोक्मागु र सिलौटी (नाम्भुन यक) आएर यस्को उत्थानमा लागे । यस्को जिम्मा चेला रन्धोज नेम्बाङ र चेला बद्रीनन्द तुम्बापोले पाए । नेम्बाङले उक्त लिपिलाई काठमा खोपेर साना साना लिपिका ब्लक बनाए जस्ले गर्दा लिपिलाई काचो कागजमा उतार्न या भनौ त्यो कार्यले आजको प्रीन्टरजस्तै काम गर्यो । महागुरुलाई बेला बेला कम्पन आउने र अचेत अवस्थामा ( trance) जाने गर्थे, तेतिखेर महागुरु मुन्धुम फलाक्थे जुन चेला बद्रीनन्दले काँचो कागजमा मालिङ्गोको बाँसले लेखेर उतार्थे । पछि फेरि सामान्य अवस्थामा आउदा महागुरु उक्त टिपोटलाई फेरि मिहिन ढंगले निरिक्षण गर्थे । यसरी आज हामिले गर्भ देखि मृत्यु संस्कारमा चलाउने मुन्धुमहरुको ठेली या मन्त्र हामिले पाएका हौ जुन आजसम्म चलाइराखेका छौ । यस्का लागि चेला तुम्बापोले धेरै कष्ट सहेका छन । महागुरुलाई कहिले खादा खादै, हिड्दा हिड्दै कम्पन आउने गर्थ्यो, तेतिखेर चेला तुम्बापो तयारी अवस्थामा थिएनन भने धेरै रिसाँउथे महागुरु । धेरैपटक महागुरुको क्रोधका सिकार भएका छन तुम्बापो तर पनि उन्को गुरुप्रतीको श्रदा र भक्तिभाव कहिले डगमगाएन ।
यो घटना अघिसम्म देवनागरी लिपिमै महागुरु र लिम्बुवानका थुम थुमका सुब्बाहरुबिच चिट्ठी आदान प्रदान हुन्थ्यो । यतिसम्म कि १९८८ सालको सत्यधर्म मुचुल्का पनि देवनागरी लिपिमै दस्तावेजिकरण भएको थियो । मुन्धुमलाई लिखित रुपदिने कुनैपनी अवधारणानै विकास भएको थिएन । महागुरु स्वयमले पनि सेवा लाइदिदिदा मुखले फलाकेर गरिदिन्थे यस्को ज्वलन्त उदाहरण बि.सं १९७८ को चोक्मागुमा तुम्बापोहरुले महागुरुको अगुवाइमा लगाएको लाधुङ्सेमी सेवा हो जहाँ महागुरुले मुखले फलाकेर सेवा लाइदिएक थिए । यो लिपि प्राप्त भएपछी उक्त लिपिलाई कसरी उच्चारण गर्ने भनेर व्यापक अभ्यास भयो जस्को लागि स्वर वर्णको साधना वा जपतप सुरु भयो । (धेरैलाई थाहानै छैन स्वरवर्ण या लिपि मेडिटेसनसँग सम्बन्धित चिज हो भनेर जसले हामिले उच्चारण गर्दा आवाजहरु शरिरको कुन अंगमा ठोक्किन्छ वा कम्पन हुन्छ भन्ने सुक्ष्म ज्ञान दिन्छ र त्यही उच्चारणको आकृतीनै लिपि हो । ) यै अभ्यासद्वारानै रन्धोज नेम्बाङले फेरि नयाँ ४,५ वटा लिपि थपे तर महागुरुले अहिले समय आएको छैन भनेर इन्कार गरिदिए ।
महागुरुले आफ्नो जिवनकालमा १० ओटा माङ्हिमहरु निर्माण गरे जस्मा चेला बद्रीनन्द तुम्बापोले टिपोट गरेको र चेला रन्धोज नेम्बाङले बनाएको काठको ब्लकद्वारा प्रीन्ट गरिएको उक्त मुन्धुमबाट बिहान बेलुका सेवा गरिन्थ्यो । यै माङ्हिमहरुनै साँसकृतिक जागरणको केन्द्र बन्यो जहाँ भक्तजनहरुको घुइचो लाग्यो र सबैले हाम्रो पनि लिपि छ भन्ने आभास पाए । यसरी महागुरुले लिपिको उत्थानमा योगदान दिएका हुन जस्लाई अझ वर्तमान गुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ ले व्यापकता दिलाइदिएको साचो हो ।यै लिपिनै सारा लिम्बुवान भरी प्रचार भएको हो, सिक्किम र भुटान प्रचार भएको हो । तर भुटानको एक भेष र भाषाको नितिले भुटानमा लोप भयो, पन्चायतमा नेपालमै झण्डै लोप हुनपुग्यो तर सिक्किममा व्यापकता पायो । लिपिको उत्थानमा बाधा स्वरुप राणा र पन्चायती सासनलाई झेल्दै आज यो समुदायको घेरालाई टोडेर बाहिर निस्कन पुगेको छ। तर हाम्रा बुद्धिजीवीहरु महागुरु, रन्धोज नेम्बाङ, बद्रीनन्द तुम्बापो र वर्तमान गुरुको नामनै लिन चाहदैनन । यो लिपिको उत्थानमा लिङ्देन वंशको मार्गदर्शन, थेबे वंशको रगत, तुम्बापो वंशको त्याग, नेम्बाङ वंशको पसिना, लाओती र तुम्बाहाम्फे वंशको चालाखी मिसिएको छ । यी सबैको इतिहासमा कदर र सम्मान हुनुपर्छ ।



प्रतिकृया दिनुहोस्