April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दुई वर्ष पूर्णरूपमा एनआरएनए यूकेमा खर्चनेछु : महासचिव उम्मेदवार खुसी लिम्बु

दुई वर्ष पूर्णरूपमा एनआरएनए यूकेमा खर्चनेछु : महासचिव उम्मेदवार खुसी लिम्बु

लन्डन । एनअारएनए यूकेकाे आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार खुसी लिम्बुले अबकाे दुई वर्ष दत्तचित्त भएर संस्थालाई दिने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषगरी गरी महत्त्वकाङ्क्षी परियाेजना एनआरएनए हाउसको निर्माणमा अाफूले नेतृत्व गर्दै सम्पन्न गर्ने इच्छा देखाएका छन् ।

यूकेकाे एक सञ्चारमाध्यमसँग कुरा गर्दै पूर्व प्रवक्ता समेत रहिसकेका लिम्बुले एक दशक बढी अाफ्नाे अनुभव प्रयाेग गरेर संस्थाको सुदृढीकरणमा समय खर्चने बताए । ‘ अहिले म कुनै पनि कार्यकारी पदमा छैन । पहिले अाधा दर्जन बढी कार्यकारी भूमिकामा रहँदा समेत एनअारएनएमा प्रभावकारी भूमिका निर्वाह गरेको सबैलाई जगजाहेछ । यसपटक अन्य संस्थागत भार छैन,’ उनले भने, ‘म दुई वर्ष पूरा उर्जा र समय दिएर लाग्नेछु ।’ लिम्बु पूर्व अध्यक्ष मुछेत्र गुरुङ रहँदा सन् २०१७ देखि १९ सम्म प्रवक्ता पदमा रहेका थिए । त्यसअघि दुई कार्यकाल च्यारिटी विभागमा रहेर १३ वटा कल्याणकारी काेष सङ्कलनकाे काममा सरिक भएको अन्तर्वार्तामा खुलाए । त्यसै समयमा उनले पहिलोपटक एनअारएनए यूकेकाे नमुना अवधारणा ‘एक कार्यकाल, एक परियाेजना’ अन्तर्गत पूर्वी पान्थरकाे थर्पूस्थस्थित सिरिसे स्कूलमा ३५ लाखकाे परियाेजनामा भवन बनाउने कामकाे अगुवाइ गरे । ‘कुल ३५ लाखमा भवन बन्याे । दुई घण्टा हिँडेर विद्यालय पुग्ने अवस्था थियोे । हामीले खाजा घर पनि बनायाैँ,’ उनले थपे, ‘यसमा एनअारएनएकाे कुल अाठ लाख बढीको सहयोग पसेको छ ।’

Advertisement

पत्रकार शिव भण्डारीसँग कुरा गर्ने क्रममा उनले अाफ्नाे पूर्व कार्यकालमा पहिलोपटक प्रेस तथा प्रकाशन विभागले उल्लेख्य काम गरेको दाेहाेर्‍याए । ‘म प्रवक्ता हुँदा १३ वर्षमा पहिलोपटक एनअारएनए भ्वाइस निकाल्याैँ । र, याे संस्थागत भएको छ,’ उनले कुरा राखे । डेढ दशकअघि हङकङबाट बेलायत छिरेका खुसीले यूकेमा संथाहरूकाे विवादमा अाफ्नाे भूमिका ‘नेतृत्वकारी’ रहेको अाराेपकाे खण्डन गर्दै पत्रकार महासङ्घ, नेफिनमा गुणकारी व्यक्तिहरूकाे प्रवेश हुनुपर्ने बताए । उनले सक्रिय मान्छे नै विवादमा रहने बताउँदै निष्क्रिय रहेर बसेकाे भए स्वच्छ र निर्विवाद रहने बताए । अागामी जुलाई ३१ मा अनलाइनमार्फत हुन लागिरहेको निर्वाचनमा उनी प्रेम गाहा मगर नेतृत्वको समूहबाट महासचिव पदमा उठेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जित रानाभाट र डा. मुकुन्द बाँस्तोलाले उम्मेदवारी दिएका छन् ।