April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकार विमला सेनेलाई मातृशोक

पत्रकार विमला सेनेलाई मातृशोक

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाकी केन्द्रीय प्रतिनिधि एवम् निवर्तमान उपाध्यक्ष विमला सेनेलाई मातृशोक परेको छ । पत्रकार सेनेकी आमा दाउमन्ती पयांगु सेनेको ८५ वर्षको उमेरमा गत सोमबार लन्डनको साउथ ह्यारोस्थित आफ्नै निवासमा निधन भएको हो ।

गत १३ जुलाईमा लन्डनको नर्थविक पार्क अस्पताल भर्ना भएकी स्वर्गीय सेनेलाई १९ जुलाईमा घर फर्काइएको थियो । केही महिनाअघि मस्तिष्कघात भएपछि उनी निरन्तर उपचारको क्रममा थिइन् । तेह्रथुम जिल्लाको लालीगुरांश नगरपालिका स्थायी घर भएकी स्वर्गीय सेने विगत १५ वर्षदेखि परिवारका साथमा बेलायत बस्दै आएकी थिइन् । यसैबीच, नेपाल पत्रकार महासंघ यूके शाखाले स्वर्गीय सेनेको निधनमा शोक व्यक्त गरेको छ ।

Advertisement

अध्यक्ष विपिन निरौलाले नेतृत्व गरेको महासंघले बिहीबार एक वक्तव्य जारी गर्दै शाखाकी निवर्तमान उपाध्यक्ष विमला सेनेकी आमाको निधनले संस्थालाई स्तब्ध तुल्याएको जनाएका छन् । ‘शोकको यस घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहकर्मी विमला सेनेसहित शोकसन्तप्त सिंगो परिवारमा नेपाल पत्रकार महासंघ बेलायत शाखा भावपूर्ण समवेदना प्रकट गर्दछ’, वक्तव्यमा भनिएको छ ।

यसैबीच, लिम्बु पत्रकार सङ्घ, यूकेले समेत विज्ञप्ति जारी गर्दै सेनेको आमाको निधनप्रति दुःख व्यक्त गरेको छ । सङ्घका सदस्य समेत रहेकी सेनेको परिवारप्रति समवेदना प्रकट गरेको लिपसं यूकेका अध्यक्ष अमित थेवेले जनाएका छन् ।