March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रहेनन् राजनीतिकर्मी मेजर श्रवण कुमार लिम्बु

रहेनन् राजनीतिकर्मी मेजर श्रवण कुमार लिम्बु

विजयपुर । धरानका पुराना समाजसेवी एवम् राजनीतिकर्मी मेजर श्रवण कुमार सेलिङ लिम्बुको शुक्रबार निधन भएको छ । उनको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्प्तालमा ८३ वर्षको उमेरमा निधन भएको हो । उनलाई कोरोना संक्रमण भएको चिकित्सकले जनाएका छन् ।


ब्रिटिस गोरखा सेनामा गोरखा कमिसनर अफिसर तहमा पुगेर मेजर पदमा निवृत भएका लिम्बु सपरिवार धरानमा बस्दै आएक थिए । उनी १० जीआर युनिटमा रहेर काम गरेका थिए । सेनाबाट अवकाश भएलगत्तै उनले जातीय मुक्तिको आन्दोलनमा लाग्ने विचार गर्दै राष्ट्रिय जनमुक्ति पार्टीबाट सक्रिय राजनीति सुरु गरेका थिए । उनी पार्टीको सहअध्यक्षसम्म भएका थिए । केही वर्ष अघि उनी लिम्बुवान राजनीतितिर आकर्षित हुँदै गएपछि पाँच दर्जन बढी भूपू गोरखा सैनिकहरूसहित सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरेका थिए । उनी मञ्चमा वरिष्ठ राजनीतिक सल्लाहकार पदमा रहेका थिए । उनका छोरा सुधिरसिं लिम्बु भने राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगरका सल्लाहकार छन् ।

Advertisement

मेजर लिम्बु धरानको डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत थिए । उनी स्कूलको सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष हुन् । ‘वन डे वन पे’ अवधारणाअन्र्तगत लाहुरे समुदायको विशेष सक्रियातामा विद्यालय स्थापना भएको थियो । उनी कियाचु धरान सुनसरीका सल्लाहकार समेत थिए । दर्जन बढी संघसंस्थामा आबद्ध मेजर लिम्बु सरल, शाान्त र शालीन स्वभावका व्यक्तित्व भएको उनी निकटहरू सुनाउँछन् । पल्टनमा रहँदा उनी ब्रिगेड अफ गोर्खाजबाट प्रकाशित हुने पर्वते पत्रिकाका प्रधान सम्पादक समेत थिए ।