April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको निर्वाचन पछि धकेलियो

एनआरएनए यूकेको निर्वाचन पछि धकेलियो

लन्डन । एनआरएनए यूकेको शुक्रबार मध्यरातदेखि सुरु हुने भनिएको निर्वाचन केह्री दिनलाई पर सरेको छ । प्राविधिक कारण दर्शाउँदै निर्वाचन आयुक्तले मतदानको समयमा परिवर्तन आएको जनाएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले नयाँ प्रविधिबाट पहिलोपटक अनलाइन मतदान हुन लागेको र मतदाताहरूलाई पर्याप्त समय चाहिएकोले समय परिवर्तन गरिएको जनाए । अब एनआरएनए यूकेको चुनाव सोमबार अगष्ट २ तारिखको दिउँसो १२ बजेबाट सुरु भई मङ्गलबार १२ बजेसम्म हुनेछ । आयुक्त कँडेलले चुनावको परिणाम बिहीबार पाँच बजे आउने पनि बताए ।

Advertisement

एनआरएनए यूकेको सन् २०२१–२३ को कार्यकालका लागि विभिन्न ३८ पदमा चुनाव हुँदैछ । यसका लागि साढे ११ बढी पञ्जीकृत सदस्यहरूले मतदान गर्दैछन् । दशौँ कार्यकालका लागि अध्यक्ष पदमा प्रेम गाहा मगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठ गरेर तीन जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।