May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी

एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी

अष्ट्रिया । एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी भएकी छिन् । तिवारीले बाबा राजेश्वरी थापालाई पराजित गर्दै अध्यक्षमा विजयी भएकी हुन् । तिवारीले १९० मत प्राप्त गर्दा प्रतिद्धन्दी थापाले १२५ मत प्राप्त गरिन् ।

२०१७-२०१९ मा एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजक हुँदै २०१९ मा भने महासचिव रहेकी तिवारी यो पटक चाहिं अध्यक्षमा विजयी भएकी छिन् ।

Advertisement

२००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि भने अष्ट्रियामा बस्दै आएकी छिन् । यो १६ बर्ष देखि युरोपको बसाइले उनलाई नेपाली समुदाय मात्र होइन एनआरएनको मा पनि आवद्ध रहिन् ।

एनआरएनको सुरुवातीका समय देखि नै गतिबिधिमा संलग्न रहेकी तिवारीका श्रीमान पनि एनआरएनए एनसीसीका पूर्व अध्यक्ष नै थिए । त्यसैले पनि २००५ देखि नै उनि पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एनआरएनका गतिबिधिमा संलग्न हुँदै आएको बताउँछिन् ।