May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रचार समिति संयोजक हितकाजी गुरुङ भन्छन्, ‘निर्वाचनमा सघाउन स्वयमसेवकहरु तयार छन्’

प्रचार समिति संयोजक हितकाजी गुरुङ भन्छन्, ‘निर्वाचनमा सघाउन स्वयमसेवकहरु तयार छन्’

लन्डन । तमुधीँ यूकेका अध्यक्ष तथा प्रेम गाहा मगर जिताऔं अभियानका चुनाव प्रचार प्रसार समितिका संयोजक हितकाजी गुरुङले शनिबार हुने एनआरएनए एनसीसी यूकेको निर्वाचनका लागि अभियानका तर्फबाट सम्पूर्ण तयारी पूरा भएका छन् ।

राजधानी लण्डनसहित चार वटै राज्यमा विभिन्न माध्यमबाट चुनाव प्रचार प्रसार गरिएको र उत्साहजनक साथ तथा समर्थन प्राप्त भएको गुरुङले बताएका छन् । निर्वाचनको अघिल्लो दिन अभियानमा विभिन्न भूमिकासहित सहभागी अभियन्ताहरुका बीचमा पनि छलफल भएको छ । सदस्यता विस्तारदेखि चुनाव प्रचार प्रसारसम्मका सबै गतिविधिहरुमा अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगर र उनका एजेण्डामा सहमति जनाउने अन्य विभिन्न पदका उम्मेदवारहरुको पक्षमा व्यापक समर्थन देखिएको उनले बताएका छन् ।

Advertisement

प्रचार प्रसारको काम पूरा भएको र अब मतदानका लागि पन्जीकृत सदस्यहरुलाई सहयोग गर्न स्वयम् सेवकहरु तयारी अवस्थामा रहेको गुरुङले बताए । सहयोगका लागि पाँच सय स्वयम् सवेकहरु तयारी अवस्थामा छन्, उनले भने । गुरुङ अध्यक्ष रहेको तमु धीँ यूकेले २४ जुलाईमा मिडल्याण्डमा गोर्खाकप टुर्नामेन्टको आयोजना गरेको थियो । सो टुर्नामेन्टका लागि अध्यक्षका उम्मेदवार गाहा मगरले २१ सय १० पाउण्ड आर्थिक सहयोग उपलब्ध गराएका थिए भने खेलाडी र दर्शकका लागि १ हजार बोटल पिउने पानी उपलब्ध गराएका थिए ।