May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएन यूकेको मतदान सुरु

एनआरएन यूकेको मतदान सुरु

लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएन) यूकेको आगामी नेतृत्व चयन गर्न मतदान प्रारम्भ भएको छ । सन् २०२१–२३ को आगामी कार्यकालका लागि सोमबार दिउँसोदेखि मतदान सुरु भएको हो ।

पहिलो पटक अनलाइन प्रविधिमार्फत् भोट हुन लागेको एनआरएन यूकेले जनाएको छ । एनसीसी र राज्य परिषदका लागि विभिन्न ३८ पदहरूमा साढे ११ हजार बढी पञ्जीकृत सदस्यहरूले मतदान गर्दैछन् । मतदान समय सोमबार दिउँसो १२ बजेबाट प्रारम्भ भएर मङ्गलबार दिँउसो ११ बजेर ५९ मिनेटसम्म कायम रहने निर्वाचन समितिले जनाएको छ । मतपरिणम बिहीबारसम्म आइसक्ने प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेलले जनाएको छ ।

Advertisement

एनआरएन यूकेको आगामी नेतृत्वका लागि उपाध्यक्षहङ प्रेम गाहा मगर, राजिना प्रधान राई र दीपक श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अनलाइन मतदानका लागि प्राविधिक रूपमा च्वाइस भोटिङले सहयोग गरिरहेको छ ।