April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कवि बिमला तुम्खेवाका कविता सुदूरपश्चिम विश्वविद्यालयका सोह्र कलेजमा पढाइ हुने

कवि बिमला तुम्खेवाका कविता सुदूरपश्चिम विश्वविद्यालयका सोह्र कलेजमा पढाइ हुने

काठमाडौं । कवि तथा पत्रकार बिमला तुम्खेवाका कविता सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका सोह्र कलेजहरुमा स्नातक तहको पहिलो वर्षको पाठ्यक्रममा राखिएको छ । अब यहाँका विद्यार्थीहरुले तुम्खेवाको कविता शैक्षिक पाठ्यक्रमा नै पढ्न पाउने भएका छन् । 

२०५१ सालदेखि औपचारिक रुपमा कविता लेखन यात्रामा हिँडेकी तुम्खेवाको पहिलो साहित्य पथरीको हवाई पत्रिकामा प्रकाशन भएको थियो।

Advertisement

उनको पहिलो कविता संग्रह ‘बिमला तुम्खेवाका कविताहरु २०५५ सालमा प्रकाशन भयो । त्यसपछि ‘नदी, छाल र तरङ्गहरु – २०६०, सस्मरण एउटा बूढो रुखको – २०६५, हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे – २०७५’ प्रकाशन भइसकेका छन्।

सञ्चारिका समूहमा समेत आवद्ध तुम्खेवाले २०५५ सालदेखि पत्रकारिता सुरु गरेकी हुन्। पत्रकारिता अनि कविता लेखनमा सक्रिय तुम्खेवा पछिल्लो समय प्रखर तथा लोकप्रिय कविको रुपमा चिनिन्छिन् ।