April 14, 2026, Tuesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उपेन्द्र यादव बने जसपाको संसदीय दलको नेता

उपेन्द्र यादव बने जसपाको संसदीय दलको नेता

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । पार्टीको संसदीय समितिले सर्वसम्मत रूपमा यादवलाई दलको नेतामा चयन गरेको हो ।

सिंहदरबारमा भएको निर्वाचनमा यादवलाई २१ सांसदहरूले मतदान गरेको पार्टीकी कार्यकारिणी सदस्य सुशीला श्रेष्ठले जानकारी दिइन् । यादवालई संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्ताव र नेता महेन्द्र राय यादवले समर्थन गरेका थिए । पार्टीको प्रतिनिधिसभामा ३२ सांसद छन् । यसअघि महन्थ ठाकुर र राजेन्द्र महतो समूहले महतोलाई संसदीय नेता घोषणा गरेका थिए । तर, उक्त कदम पार्टीको विधानविपरीत भएको भन्दै संस्थापन पक्षले अस्वीकार गर्दै आएको थियो ।

Advertisement

निर्वाचन आयोगले एक साताअघि यादव–भट्टराई समूहलाई पार्टीको आधिकारिकता प्रदान गरेका थिए । कुल ५१ कार्यकारिणी सदस्यहरूमध्ये ३४ जनाले यादव–भट्टराई नेतृत्वको समूहलाई समर्थन गरेका थिए । १६ अर्को पक्षमा देखिएका थिए । कारागारमा रहेका सांसद रेशम चौधरी भने तटस्थ रहेका थिए ।