May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रधान र श्रेष्ठले पनि मतदाताहरूलाई दिए धन्यवाद

प्रधान र श्रेष्ठले पनि मतदाताहरूलाई दिए धन्यवाद

लन्डन । एनआरएन यूकेका अध्यक्ष पदका अर्का प्रत्यासीहरू रोजिना प्रधान राई र दीपक श्रेष्ठले पनि मतदाताहरूलाई धन्यवाद दिएका छन् । चुनावी प्रचारदेखि मत व्यक्त गर्दासम्मका प्रक्रियाहरूमा सहयोग पु¥याउने व्यक्ति र संघसंस्थाहरूलाई दुवैले धन्यवाद दिएका हुन् ।

दीपक श्रेष्ठ


यसअघि अध्यक्ष पदका प्रबल दाबेदार प्रेम गाहा मगरले समेत विज्ञप्ति जारी गरेर धन्यवाद दिइसकेका छन् । तीनै जना प्रत्यासीहरू उपाध्यक्ष पदमा कार्यरत छन् । एनआरएन यूकेको आगामी सन् २०२१–२३ को कार्यकालका लागि सोमबार दिउँसो १२ बजेदेखि मंगलबार दिउँसो ११ बजेर ५९ मिनेटसम्म मतदान भएको थियो । मतदानमा ११ हजार ३६५ जना पञ्जीकृत सदस्यहरूले मतदान गरेका थिए ।

Advertisement

खुसी लिम्बु

यसैगरी, महासचिवका उम्मेदवार खुसी लिम्बुले समेत स्ट्याटस जारी गर्दै मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । पूर्व प्रवक्ता समेत रहेका लिम्बुले याक्थुङ लिम्बु भाषामा संक्षिप्त सन्देश जारी गर्दै धन्यवाद दिएका छन् ।