April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विनेसाम भारत शाखाको मुक्तक वाचन कार्यक्रम सम्पन्न

विनेसाम भारत शाखाको मुक्तक वाचन कार्यक्रम सम्पन्न

आसाम । भारतीय नेपाली साहित्यलाई विश्वमा उभ्याउनका निम्ति विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखाले साहित्यको क्षेत्रमा अनलाइन मार्फत विभिन्न विधामा निरन्तर कार्यक्रमहरू गरिरहेको छ । यसपटक भने भारत शाखाले “मुक्तक वाचन” भर्चुअल कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । सिक्किमका वरिष्ठ साहित्यकार/मुक्तककार श्री मोहन गौतमद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा शाखाका अध्यक्ष साथै वर्तमान विनेसाम विश्व केन्द्रीय समितिका सदस्य श्री राहुल राई “वोगिको”को अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मुख्य अतिथिको रुपमा उत्तर बङ्गाल विश्वविद्यालयका, नेपाली विभाग प्रमुख प्रा. डा. कृष्णताज घतानी, विशिष्ट अतिथिमा सिलगडी कलेजका प्रा. तेजमान बराईली, विनेसाम भारत शाखाका सल्लाहकार श्री शरद छेत्री उपस्थित रहेका थिए । कार्यक्रमको प्रारम्भमा अतिथिलाई आसन ग्रहण गराइएपछि भारतका विभिन्न प्रान्तबाट जोडिएका मुक्तककारहरु क्रमैले विशाल हाङखिम, सबिना चाम्लिङ्ग, निमा तामाङ, दविका मंङ्ग्रान्ति राई, सरस्वती शर्मा, दिपक राई, प्रेम न्यौपाने, नुरन राई, विजय मुखिया, मुकेश गिरी, दिपक ठटाल, शान्ति भुजेल, निरुविन्दु परियार, गीताश्री शर्मा, बिमल खतिवडा आदिले रोचक मुक्तकहरु वाचन गरेका थिए ।

Advertisement

कार्यक्रमका बीच विशिष्ट अतिथिगणले सर्जकहरुद्वारा वाचन गरिएका मुक्तकहरुमाथि आ-आफ्नो विचारहरु राखेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन विनेसाम भारत शाखाकी सचिव सुमित्रा अविरल थामीले गरेकी थिइन् ।