May 15, 2024, Wednesday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सगरमाथालाई सम्झँदै गीतकार सेमन्त राई

सगरमाथालाई सम्झँदै गीतकार सेमन्त राई

केन्ट । गीतकार एवम् मुक्तककार सेमन्त राईले गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्यूब च्यानलबाट बुधबार नयाँ गीत सार्वजनिक गरेका हुन् ।

आफ्नो शब्द रहेको ‘शीर हो मेरो सगरमाथा’ गीतको सङ्गीत शक्तिवल्लभले दिएका छन् । गायन सुमित खड्काको रहेको छ । देशभक्तले ओतप्रोत रहेको गीतको एरेन्ज मनोहर सुनाम र रेकर्डिङ भोला पौडेलले गरेका छन् ।

Advertisement

गीतकार राई विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेका कोषाध्यक्ष हुन् । उनी मुक्तक समाज बेलायतसँग समेत आबद्ध सर्जक हुन् । उनले यसअघि पनि गीति एल्बम संग्रह सार्वजनिक गरिसकेका छन् ।