May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको निर्वाचन नतिजा समयतालिकाअनुसार नै हुनेछ ः निर्वाचन आयुक्त कँडेल

एनआरएनए यूकेको निर्वाचन नतिजा समयतालिकाअनुसार नै हुनेछ ः निर्वाचन आयुक्त कँडेल

लन्डन । एनआरएनए यूकेको मत परिणाम समयमै सार्वजनिक हुने प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेलले जनाएका छन् । उनले चुनावको पूर्व तालिकाअनुसार नै निर्वाचन समिति बढिरहेको प्रष्ट पारेका छन् ।

बुधबार विभिन्न सञ्चारमाध्यमहरूप्रति आएको समाचारप्रति आफ्नो ध्यानकार्षण भएको जनाउँदै आयुक्त कँडेलले अनलाइन मतदानको सम्पूर्ण प्रक्रियाहरू अघि बढेको बताएका छन् । ‘निर्वाचन समितिद्वारा च्वाइस भोटिङ कम्पनीसँग गरिएको करार सम्झौता अनुरुप नै अनलाइन मतदानका सम्पूर्ण प्रक्रियाहरू अगाडि बढाइएका छन् । अनलाइन मतदान पारदर्शी भएको नभएको सम्पूर्ण प्रक्रियाको बारेमा बेलायती सरकारको मान्यताप्राप्त स्वतन्त्र निकायको प्रत्यक्ष सहभागिता र अनुगमनमा वैधानिक पर्यवेक्षण भइरहेको जानकारी गराउँछौँ,’ कँडेलले सञ्जालमा लेखेका छन् ।

Advertisement


उनले निर्वाचन समितिको पूर्व समय र कार्यतालिका अनुसार नै नतिजा घोषणा हुने भन्दै संयमतापूर्वक प्रतीक्षा गर्न सबैलाई आग्रह गरेका छन् । एनआरएन यूकेको चुनाव सोमबार दिउँसोदेखि सुरु भएर मंगलबार दिउँसो सकिएको थियो । मतदान प्रक्रियामा ११ हजार ३६५ सदस्यहरूमध्ये ९० प्रतिशतले सहभागिता जनाएको संस्थाले जनाएको छ । एनआरएनए यूकेको आगामी नेतृत्वका लागि उपाध्यक्षहङ प्रेम गाहा मगर, राजिना प्रधान राई र दीपक श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।