युमा उपासक तथा याक्थुङ/सिरिजंगा लिपिकाे उत्थान/संरक्षणकर्ता जैगञ्ज पालुङवा
पालुङवा वंशमा विसं १९५० काे दशकतिर जैगञ्ज पालुङवाकाे जन्म भएकाे देखिन्छ । उनकाे वाजेकाे नाम अानन्द राय थियाे । उनि अाफ्नाे जमानाकाे जिम्मावाल थिए । विद्वान थिए । उनकाे वावुकाे नाम अानन्दविर थियाे । उनि पनि जिम्मावाल सुव्वा थिए । जैगञ्ज माहिला छाेरा थिए । उनि सानैदेखि धार्मिक प्रवृतिका थिए । उनि परम्परागत युमा उपासक थिए । उनकाे युवावस्थामा एक पटक मेन्याङवाे धनरुपसंग किपटमा युद्ध भएकाे थियाे । थेचम्वुकाे धनरुप मेन्याङवाेले पालुङवाहरुकाे किपट सुकेटार हुदै ताेक्मे डाडा पूर्वाेत्तर रातिकाे समयमा ठाउठाउमा काेईला गाडेर साँध सिमाना लगाई दावि गरेका थिए ।
पालुङवा सुव्वाहरु अानन्दविर लगायतले चाल पाई साँधकाे लागि गाडेकाे काेईलाहरु फालि धनरुप विरुद्ध युद्ध घाेषणा गरि जैगञ्जकाे नेतृत्वमा पालुङवा दस्ताहरु थेचम्वुकाे खहरे खाेला अवस्थित डाडामा क्याम्प जमाएर वसे । लगभग महिनादिन वस्दा भैंसिकाे मासु थुन्सेमा वाेकेर लगि खाए । थुन्सेकाे थुन्से मासु लगेर खाएकाेले उक्त ठाउकाे नाम सालुम्फु भयाे । हाल सेरम्फु भनिन्छ । तर धनरुपकाे टाेलि पालुङवाहरु त्यहा वसेकाे छन भनेर प्रतिकार गर्न अाएन । स्थिति साम्य नहुनेदेखि कसैले नेपालमा राणाहरुलाई खवर गरे र राणा प्रतिनिधि अाएर कावेलिमा कुराे मिलायाे । खहरे पश्चिम नाङखाेल्याङलाई पालुङवाहरुकाे क्षेत्रमा पारि तम्वर थुम अन्तर्गतकाे प्रशासनिक निकायमा पारिदियाे । त्यसपछि युद्ध राेकियाे । उनकाे उत्तरतिर फेन्दुवासंगकाे किपट सिमाना पनि सुरक्षित गरेका थिए । त्यता पनि वारवार सानातिना युद्धहरु भैरहन्थ्याे । जैगञ्जकाे उत्तरार्धकालमा उनि वढि धार्मिक प्रवृतिकाे भएर गए । उनि अाफ्नाे दाेखु गाउकाे सिरानमा भएकाे लिनारालुङ(हाल चारपाटे ढुंगा) मा तपस्या गरेर वस्दथे । उनि तागेरानिङवाफुमाङ/ युमामाङकाे अाराधना गर्दथे । उनिवाट ज्ञानगुन लिन्थे । उनले 3 वर्ष लगातार तपस्या गरि सिद्धि प्राप्त गरे । तपस्याकाे वेला अन्न फलफुल नखाई थाङवामा(तम्वर नदिकाे चिल्लाे मसिनाे 7 वटा ढुंगा खाने गर्दथे । सिद्धि प्राप्ति पछि तागेरानिङवाफुमाङ/ युमामाङकाे वारे तथा मुन्धुमवारे मानिसहरुलाई जानकारि गराउथे । उनले चरम राणा कालकाे समयमा लुकिछिपि याक्थुङ लिपिकाे पनि ज्ञान लिएका थिए । उनका समकालिनहरु फाल्गुनन्द, लालसाेर सेन्दाङ, नाम्साहाङ तवेवुङ अादि थिए ।
उनिहरु सवै तागेरानिङवाफुमाङ/युमा माङ,मुन्धुम,याक्थुङपान,याक्थुङ लिपि वारे याक्थुङ समुदायमा गाेप्य रुपमा सिकाउथे । जैगञ्जमा तागेरानिङवाफुमाङ/ युमामाङकाे उपासना तथा मुन्धुमि ज्ञानकाे कारण तम्वर नदिमा पानि माथि तर्ने क्षमता पनि थियाे भनिन्छ । उनलाई निस्सेमाङमा ( सत्यदेवि) पनि भन्दथे । उनले दाेखुमा घण्टे पार्टि वनाउने भए । ईंटा पाेल्दै वनाउने हुँदा उनि लडेर खुट्टाकाे गेडि खुस्कियाे । तर पनि पाटि वनाएर सके । जिवनकाे अन्तिम घडिमा स्वर्गिय भूमि फक्ताङलुङ क्षेत्रमा विताउने मनसाय गरि अाेलाङचुङ गाेला गएर वसे । त्यसवेला उनलाई अन्य दाजुभाईहरुले पुरयाउन सहयाेग गरेका थिए । पालुङवा दाजुभाईहरुले त्यहाकाे स्थानिय भाेटेहरुलाई रेखदेख गर्न जिम्मा दिए । त्यहा उनि कहिले गुम्वामा धुपवत्ति वालेर वस्थे कहिले ढुंगामाथि तागेरनिङवाफुमाङकाे भत्ति गर्दथे । वासस्थानमा तागेरानिङवाफुमाङ/ युमामाङकाे भक्ति गर्दथे । कलश राखेर धुपवत्ति गर्दथे । त्यहा वसेकाे वेला वस्ति माथि लड्न अाँटेकाे ठूलाे ढुंगा थियाे त्यसलाई साङलिले वाँधिदिए । त्याे अझै देख्न पाईन्छ । केहि वर्ष पछि उनकाे मृत्यु भयाे । मृत्युकाे खवर दाेखुकाे पालुङवाहरुकाेमा पठाईयाे । त्यसपछि सतगतकाे लागि पालुङवाहरु अाेलाङचुङगाेला गए । याक्थुङ लिम्वुकाे मरेपछि लास गाडने चलन हुँदा त्यसाे नगर्न सुझाव दिई वाहिर चाैरमा जलाई भाेलि खरानि हेर्ने सल्लाह दिए । उनि धर्मात्मि भएकाेले खरानिमा मानिसकाे पाईला भए अवतार लिने विश्वास हुने वताए । नभन्दै जलाएकाेमा खरानि हेर्दा अघि केहि एककिसिमकाे पाईला र पछाडि मानिसकाे पाईला थियाे । नभन्दै सेर्पा परिवारमा जैगञ्जले एक वर्ष पछि अवतार लिए । जुन नव जन्मेकाे वालकले चाडै वाेलेर मेराे घर दाेखु हाे । म पालुङवा हुँ । मेराे परिवार, जग्गा जमिन, सामानहरु सवै दाेखुमा छन । मलाई पुरयाइदिनु भने । अवतार लिएकाेमा सेर्पाहरु खवर पुरयाउन दाेखु अाए । अनि उक्त अवतारि वालक लिन दाेखुकाे पालुङवाहरु अाेलाङचुङगाेला जाँदा सेर्पाहरु मिलेर तिव्वत पठाईदिएछन ।
उनि तिव्वतमा अवतारि लामा भएर वसे । वालकलाई तिव्वत पठाए पछि सेर्पा परिवार र पालुङवा परिवारमा खटपट भाे । पालुङवा 9 सुव्वाहरुले असिना छेक्न लामा वाेलाउथे र लामापाथि भनेर 9 मुरि धान वर्षमा दिन्थे । त्याे टुटाईदिए । अाेलाङचुङ गाेलाकाे तिराेतारान गरिदिन्थे । त्याे पनि सेर्पाहरुले अाफै गर्न थाले । यसरि याक्थुङ पालुङवा वंशमा जन्मेका जैगञ्ज तपस्वि हुदै अाेङसिमा परिणत हुदै अवतारि लामामा परिणत भएर गए । उनले दाेखुमा रहँदा गरेकाे तागेरानिङवाफुमाङ/युमामाङकाे उपासना, मुन्धुम,याक्थुङ/ सिरिजंगा लिपिकाे उत्थान र संरक्षण जस्ता कार्यले पालुङवा परिवार तथा याक्थुङ समुदायलाई केहि हदसम्म याेगदान पुगेकाे छ ।



प्रतिकृया दिनुहोस्