May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निर्वाचन समितिको गतिविधि शंकास्पद ः प्रेम गाहा मगर समूह

निर्वाचन समितिको गतिविधि शंकास्पद ः प्रेम गाहा मगर समूह

लन्डन । एनआरएनए यूकेको निर्वाचनको मतपरिणाम सार्वजकि गर्न निर्वाचन समितिले नियोजित रूपमा ढिलाई गरिरहेको अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगर समूहले आरोप लगाएको छ । आफूहरूलाई प्रतिकूल परिणामको भागीदार बनाउन समितिले मतपरिणाम सार्वजनिक गर्न आनकानी गरिरहेको उनीहरूको बुझाइ रहेको छ ।

शुक्रबार जुममार्फत् पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदका दाबेदार उपाध्यक्ष प्रेम गाहा मगरले आफूहरूलाई जितबाट बञ्चित गर्न निर्वाचन समितिले अनेक बहानबाजी गरिरहेको बताए । ‘बिहीबार मत परिणाम आइसक्नुपर्ने हो । तर, फर्जी मतको कुरा उठाएर बखेडा सिर्जजा गर्न खोजिएको छ,’ उनले भने, ‘भेन्डरले स्पष्ट रूपमा चुनावको मत परिणाम निर्वाचन समितिलाई हस्तान्तरण गरिसकेको छ । समितिले कहिले एक हजार कहिले २१०० को फर्जी मतको कुरा उठाएर हामीलाई विजयबाट विमुख गराउने षड्यन्त्र गरिरहेको छ ।’ उनले भोटिङ एजेन्सीले उपलब्ध गराएको परिणाम तत्काल सार्वजनिक गर्न माग गरे ।

Advertisement

गाहा मगरले पञ्जीकृत सदस्यहरूको संख्या पाँच तहमा पार गरेर प्रमाणीकरण गरेर मतदान भएको सम्पन्न भएको दाबी गरे । ‘एमआइएस प्रणालीबाट इमेल ठेगााना प्रमाणीकरण गरिएको छ । प्रमाणीकरण भएका सदस्यताको संख्या पुनः प्रत्यासीहरू बसेर भेन्डरबाट पारित गरिएको छ । त्यस दौरान ३९५ वटा अस्वीकृत गरिएका छन्,’ उनले आक्रोशित हुँदै भने, ‘अध्यक्षका प्रत्यासीहरूले मान्य बनाएर मतपत्र खसालिएको अवस्था छ । यस कारण धाँधलीको आरोपमा सत्यता छैन ।’

यसैगरी, उपाध्यक्ष पदका प्रत्यासी नारायण कँडेलले सूचना प्रविधिका प्रतिनिधिहरू बसेर मतदाताहरूको सूची पारित गरिएको कुरा अगाडि सारे । उनले निर्वाचन भएको तीन दिनसम्म पनि परिणाम सार्वजनिक नहुनु लज्जास्पद भएको बताए । एनआरएनए यूकेको सन् २०२१–२३ कार्यकालका लागि पहिलो पटक अनलाइन भोटिङमार्फत् सोमबार दिउँसोदेखि मंगलबार दिउँसोसम्म मत साढे ११ हजार बढी मतदाताहरूले मतदान गरेका थिए ।

त्यस्तै, प्रेम गाहा मगर जिताऔँ अभियानका संयोजक शेर बहादुर सुनारले प्रेस विज्ञप्ति वाचन गर्दै मतदानको परिणाम सार्वजनिक नगर्नुले चुनावी नतिजालाई निर्वाचन समितिले प्रभावामा पार्न खोजेको बताए । उनी सन् २०१९–२१ कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी थिए । उनले चुनावको परिणाम घोषणा गर्न आनाकानी गरे तेस्रो पक्षको जाने बताए । कार्यक्रम गोविन्द शर्मा खरेलले सञ्चालन गरेका थिए ।