May 10, 2024, Friday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साउन २२ लाई स्मरण गर्दै जनमुक्तिको लिम्बुवान बन्द

साउन २२ लाई स्मरण गर्दै जनमुक्तिको लिम्बुवान बन्द

विजयपुर । १८३१ साउन २२ गते गोरखा शाषक र लिम्बुवान शाषकहरूबीच भएको नूनपानी सन्धी भएको दिनलाई सार्वभौमसत्ता समाप्त भएको दिनका रूपमा स्मरण गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले शुक्रबार लिम्बुवान बन्द गरेको छ । पार्टीले विगत १३ वर्षदेखि अरूण सप्तकोसीपूर्वका नौ जिल्लाहरूमा प्रत्येक वर्षको साउन २२ गते लिम्बुवान बन्दको कार्यक्रम आह्वान गर्दै आएको छ ।

बन्दको कार्यक्रम घोषणा गरे पनि जनजीवन सामान्य रहेको र आवातजावतमा कुनै पनि बल प्रयोग गरेको पार्टीका केन्द्रीय सचिव विष्णु थाम्देनले जानकारी दिए । ‘लिम्बुवानका लागि साउन २२ गते कालो दिन हो । गोरखाली शाषकहरूले स्वतन्त्रता हरण गरेको दिन हो,’ उनल भने, ‘यसको विरोधमा प्रत्येक वर्ष कालो झण्डा गाड्नेदेखि लिएर लिम्बुवान बन्दसम्मका कार्यक्रमहरू गर्दै आएका छौँ ।’ उनले २०७२ को संविधानको पुनर्लेखन गर्दै पहिचानको सङ्घीयताभित्र अधिकारसम्पन्न लिम्बुवानको ऐतिहासिक भूगोल कायम हुनुपर्ने बताए । थाम्देनले बहुजातीय मुलुकमा एकल जातीय वर्चश्व कायम रहेसम्म सामाजिक साँस्कृतिक विद्रोह जारी रहने जोडे । पार्टीले साउन २२ गतेको स्मरणमा ताप्लेजुङ र मोरङको बेलबारीमा अन्तरक्रिया कार्यक्रम राखेको उनले जनाए ।

Advertisement

इतिहासकारहरूका अनुसार गोरखाली राजा पृथ्वीनारायण शाहले १७ पटक आक्रमण गर्दा समेत लिम्बुवानमाथि कब्जा गर्न नसक्दा साउन २२ गते लिम्बुवानको तहसिल राजधानी विजयपुरमा लिम्बु शाषकहरूसँग नूनपानी सन्धी गरेका थिए । त्यसबखत विजयपुर, चयनपुर लगायत केही थुमका शाषकहरूले उक्त सन्धीको विरोध गर्दै विद्रोह समेत गरेका थिए ।