May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगर, प्यानललाई नै सफलता

एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगर, प्यानललाई नै सफलता

लन्डन ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युकेको निर्वाचनबाट प्रेम गाहा टिम विजयी भएको छ ।

निर्वाचित अध्यक्ष गाहा मगर

एनआरएनए एनसीसी युकेको मत परिणाममा अनुसार प्रेम गाहा मगरले ४,५७४ मत ल्याएर अध्यक्षमा बिजयी भएका छन् । परिणाम अनुसार एनआरएनए एनसीसी युकेको अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन्।

Advertisement

पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार (३ अगष्ट) दिउंसो १२ बजे सकिएता पनि चार दिन पछि मात्रै स्थानीय समय अनुसार अगष्ट ७, २०२१ शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको थियो ।

निर्वाचन कमिटिका अनुसार गाहा मगरले ४,५७४ मत प्राप्त गरेका छन् भने अध्यक्ष प्रत्यासी दीपक श्रेष्ठले २,१९१ र अध्यक्ष पदकी अर्की प्रत्यासी रोजिना प्रधान राईले २,१४८ मत मत प्राप्त गरेकी छन्।

यस्तो छ निर्वाचित कार्यसमिति :

अध्यक्ष : प्रेम गाहा मगर

उपाध्यक्ष : सुनिल बाबु खड्का

उपाध्यक्ष : नारायण कंडेल

उपाध्यक्ष : मोहन कार्की

उपाध्यक्ष : गोविन्द खरेल

उपाध्यक्ष (महिला) : शकुन्तला गुरुङ

महासचिव : खुशी लिम्बु

सचिव : ज्ञानेन्द्र बहादुर आले

सचिव : विष्णु चालिसे

युवा संयोजक : तिर्थ बहादुर मल्ल (अनिल)

महिला संयोजक : बिमला लिम्बु

इंगल्याण्ड राज्य परिषद अध्यक्ष : लाल बहादुर गुरुङ

इंगल्याण्ड राज्य परिषद उपाध्यक्ष : भक्त दर्जी

स्कटल्याण्ड राज्य परिषद अध्यक्ष : काशिराम भण्डारी

स्कटल्याण्ड राज्य परिषद उपाध्यक्ष : उज्ज्वल कार्की

नर्दर्न आयरल्याण्ड राज्य परिषद अध्यक्ष : बल बहादुर थापा (निर्विरोध)

निर्वाचित कार्य समिति

निर्वाचनमा जति सुकै बाधा गरेता पनि प्रेम गाहा मगरको टिमले क्लिन स्विप गरेको छ। प्रमुख निर्वाचन आयुक्त महेन्द्र राज कडेलले आफुले निर्वाचनमा सुधार गर्न खोजेको तर विश्वभरिबाट दबाब आएको बताए।